२९ असार २०८३, सोमबार

सरस्वती बहुमुखी क्याम्पसमा ग्लोबल आईएमई बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

फागुन ३०, २०८०
काठमाडौं
सरस्वती बहुमुखी क्याम्पसमा ग्लोबल आईएमई बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

​ग्लोबल आईएमई बैंक लिमिटेडले सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ​​

सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका - २६, लेखनाथ मार्ग, ठमेलस्थित क्याम्पसमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टरहरूको संख्या ६७ पुगेको छ । 

नयाँ एक्स्टेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन् ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आईएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजना मार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्