
जगदम्बा स्टील्स लिमिटेडले यो वर्षको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड– २०८०’ नीतेश सिलवाललाई प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५८औं वार्षिक उत्सवको अवसरमा थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा सिलवाललाई अवार्ड प्रदान गरिएको हो । कर्पोरेट म्यानेजर विदुर पुरीले अवार्ड प्रदान गरेका हुन् ।
शैक्षिक उत्कृष्टताका लागि सिलवाललाई यो अवार्ड प्रदान गरिएको जगदम्बाले जनाएको छ ।
सिलवालले पुरस्कारस्वरुप पदक, प्रमाणपत्र, र नगद ५१ हजार रुपैपाँ पनि प्राप्त गरेका छन् ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति, प्राडा केशरजंग बराल, क्याम्पस प्रमुख, डा खेम ज्ञावाली लगायतको उपस्थिति रहेको थियो ।
यस अवार्ड सन् १९८० को दशकबाट उद्यमशीलताको यात्रा शुरू गरेका उद्यमी तथा जगदम्बा स्टील्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो । अग्रवाल नेपालका नाम चलेका उद्योगीका साथै परोपकारी कार्यमा पनि परिचित छन् ।
यस्ता कार्यक्रम र पुरस्कारहरूले विद्यार्थीलाई समाजमा अर्थपूर्ण योगदानका लागि प्रेरित गर्ने विश्वास लिएको जगदम्बाले जनाएको छ ।