३० असार २०८३, मंगलबार
रङहरूको पर्व

आज काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा होली

चैत ११, २०८०
काठमाडौं
आज काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा होली
फाइल तस्वीर

आज फागु पूर्णिका (होली पर्व) देशका अधिकांश क्षेत्रमा मनाइँदै छ । विशेषगरी यो पर्व आज काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ । 

तराई–मधेशमा भने सोमवार होली परेको छ ।  

होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने गरेको किम्बदन्ती छ ।

एकअर्काका रङ दलेर होली मनाइने गरिन्छ । यसर्थ यसलाई रङहरूको पर्व पनि भनिन्छ ।

यो दिन सार्वजनिक बिदा परेकाले विभिन्न कन्सर्ट र सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् । 

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वको उपलक्ष्यमा शुभकामना दिएका छन् । शनिवार साँझ शुभकामना दिँदै उनले होलीले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्