२६ जेठ २०८३, मंगलबार

परिवारको सम्पर्कमा आइन् धनगढीका मेयर गोपाल हमालकी छोरी

चैत १४, २०८०
काठमाडौं
परिवारको सम्पर्कमा आइन् धनगढीका मेयर गोपाल हमालकी छोरी

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती सम्पर्कमा आएकी छन् ।

गत सोमवारदेखि भारतको गोवाबाट ​सम्पर्कविहीन बनेकी आफ्नी जेठी छोरी आरती हमाल सम्पर्कमा आएकी मेयर हमालले जानकारी दिएका छन्। ।

मेयर हमालले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै छोरी सकुशल भेटिएको बताएका छन् ।

‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु', हमालले फसबूकमा लेखेका छन्, ‘खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने  सहयोगी नेपाली  दाजुभाइ दिदीबहिनीहरूसहित सम्पूर्णमा हार्दिक धन्यवादका साथै कृतज्ञता  व्यक्त गर्दछु  ।’

छोरी सम्पर्कविहीन भएपछि मेयर हमालले सहयोगका लागि फसबूकमार्फत नै अपिल गरेका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्