
बलिउड अभिनेत्री तापसी पन्नुले ओलम्पिक खेलकुदमा पदक विजेतासमेत रहेका डेनमार्कका पूर्वब्याडमिन्टन खेलाडी म्याथियास बोएसँग विवाह गरेकी छन् ।
तापसी र म्याथियासको विवाह उत्सव मार्च २० देखि शुरू भएको थियो । उनीहरूको बिहै मार्च २३ मा भएको सम्पन्न भएपनि यसको सार्वजनिक हालैमात्र भएको खुलासा भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् । भारतको उदयपुरमा भएको विवाह समारोहमा परिवारका सदस्य, निकट साथी र केही बलिउड सहकर्मीको उपस्थिति थियो ।
शिख र इसाई परम्पराको मिश्रणअनुसार विवाह गरिएको हो ।
‘उनीहरुले विवाह समारोहलाई आफ्नो निजी मामिलाको रुपमा सीमित राख्न खोजेको देखिन्छ,’ एक भारतीय सञ्चारमाध्यममा लेखिएको छ ।

विवाहपछि तापसी र म्याथियास निकट साथीसँग होली मनाउँदै गरेको देखिएका छन् ।
तापसीले अभिनय गरेका ‘दोबारा’ र ‘थप्पड’लगायत चलचित्र चर्चित छन् ।
तापसी र म्याथियास एक दशकदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
डेनिस खेलाडी म्याथियास सन् २०१२ मा भएको लन्डन ओलम्पिकमा रजत पदक जितेका थिए ।