२९ असार २०८३, सोमबार

स्वास्थ्य बीमा पूर्ण रुपमा कार्यन्वय गर्न बजेट प्रमुुख चुनौती : स्वास्थ्यमन्त्री

कात्तिक २०, २०७४
स्वास्थ्य बीमा पूर्ण रुपमा कार्यन्वय गर्न बजेट प्रमुुख चुनौती : स्वास्थ्यमन्त्री
काठमाडौं, २६ असोज– स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य बीमा विधेयक कार्यान्वयनमा बजेट प्रमुख चुनौतिको रुपमा रहेको बताएका छन् ।giriraj

बुधबार साँझ स्वास्थ्य मन्त्रालयद्वारा आयोजित अन्तरक्रियामा मन्त्री पोखरेलले स्वास्थ्य बीमा विधेयक सर्वसम्मत पारित हुनु खुसीको कुरा भएपनि यसको कार्यन्वयनमा भने चुनौती रहेको बताए ।

उनले भने,‘ स्वास्थ्य क्षेत्रको लागि सरकारले ४ प्रतिशत मात्रै बजेट छुट्याउदै आएको छ । बीमा कार्यक्रम देशभर कार्यन्वय गर्न नेपालमा बजेटको ठूलो चुनौती छ । यसलाई पूर्ण कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्रको बजेट पनि बढाउन आवश्यक छ ।’

यस्तै स्थानीय क्षेत्रमा पर्याप्त अस्पताल नभए पनि यसको कार्यान्वयन गर्न नसकिने भन्दै उनले प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना डाक्टर अनिवार्य गराउनुु पर्ने बताए ।

नयाँ स्वास्थ्य निति बनाउने सन्दर्भमा पनि बजेटको विषयमा छलफल चलिरहेको भन्दै मन्त्री पोखरेलले न्युनतम यति नै बजेट छुट्याउन पर्छ भनेर बाध्यकारी व्यवस्था नगरेसम्म स्वास्थ्य सेवा सरल बन्न नसक्ने जिकिर गरे ।

कैलाली जिल्लाबाट डेढ वर्ष अघिदेखि सुुरु भएको परिवार स्वास्थ्य बीमा कार्यक्रममा हाल २५ जिल्लामा लागू भइसकेको छ । हालसम्म २ लाख ४० हजारले परिवार स्वास्थ्य बीमा गराएका छन् । यसलाई सबै जिल्लामा विस्तार गर्न पनि बजेटको महत्व रहेको मन्त्री पोखरेलको भनाइ छ ।

लामो समयदेखि कार्यक्रमको रुपमा अगाडि बढाएको स्वास्थ्य बीमाको आफ्नो कार्यकालमा ऐन बन्न लागेकोमा उनले खुसी व्यक्त गर्दै उनले भने,‘संसद विघटनको मोडमा छ,हामी मन्त्री रहे पनि नरहेपनि यो कान्वयन गर्ने दायित्व हामी सबैको हो ।’

मंगलबार व्यवस्थापिका संसदबाट पारित भएको स्वास्थ्य बीमा विधेयकको बुधबारबाट नियमावाली बन्ने क्रममा रहेको छ । दुई साता पछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐन कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।








salt training

कमेन्ट गर्नुहोस्