२६ असार २०८३, शुक्रबार

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

चैत १७, २०८०
काठमाडौं
सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र इन्टरनेशनल फाइनान्स कोअपरेसन (आईएफसी)बीच सम्झौता भएको छ ।

सम्झौताअनुसार जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रमा क्षमता अभिवृद्धि गरिने बैंकले जनाएको छ ।

बैंकले ‘डिजिटल फर्स्ट’ अभ्यास अपनाई सुशासनका पक्षमा केन्द्रित रहेर दिगो विकासलाई सधैं प्राथमिकतामा राखेको छ ।

आफ्ना समग्र रणनीतिकार वातावरण मैत्री एवं समाज केन्द्रित बनाउँदै लगिएको बैंकले जनाएको छ ।

उक्त सम्झौताले उल्लेखित क्षेत्रहरूमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसरण बैंकले गरेको छ ।​ ​​

आईएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैंकले आईएफसीद्वारा आयोजित १० औं ग्लोबल ट्रेड अवार्डमा ‘बेस्ट अपरेसन बैंक इन साउथ एसिया २०२१’ अवार्डबाट पनि सम्मानित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्