×

NMB BANK
NIC ASIA

अस्थिर सत्ता राजनीति

एक महिना नबित्दै किन सत्तामा 'कमब्याक'को कुरा गर्दैछन् कांग्रेसका जिम्मेवार नेता ?

काठमाडाैं | चैत १८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेसहितका दल भित्रिएर नयाँ सत्ता समीकरण बनेको एक महिना नपुग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिम्मेवार नेताले सरकार फेरिने उद्घोष गर्न थालेका छन् ।

Muktinath Bank

प्रधानमन्त्री प्रचण्डले फेरि उथलपुथल गर्छु भनिरहेका बेला कांग्रेसका जिम्मेवार नेताले पनि आफूहरू केही समयमा फेरि सत्तामा फर्किने दाबी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले बिहीबार फेरि उथलपुथल गर्छु भनेलगत्तै कांग्रेसका महामन्त्री थापा र डा. शेखर शेखर कोइरालाले अर्को गठबन्धन सरकार बन्ने दाबी गरेका थिए ।


Advertisment
Nabil box
Kumari

तर, प्रचण्डले उथलपुथल भनेर आफैंले पद छाड्न सक्नेतर्फ संकेत गरेका थिए ।

Vianet communication
Laxmi Bank

बिहीबार प्रचण्डले सरकारमा बसेर कामै गर्न नसक्ने स्थिति बने पद ओगटेर नबस्ने उल्लेख गर्दै भनेका थिए, ‘कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लगाउँदिन । त्यो मैले अरूलाई भनेको होइन, मेरै लागि भनेको हुँ । कामै गर्न नसक्ने स्थिति बन्यो भने पद ओगटेर बस्दिनँ ।’

प्रधानमन्त्री प्रचण्ड

काम गर्न नसके पदमा बस्नुपर्छ भन्ने मान्यता आफूमा नभएको उनको भनाइ थियो । 

‘पद त मेरो सुरक्षित नै थियो । तर, अझ तीव्र गतिमा काम गर्न सकियोस्, सुशासन कायम गर्न सकियोस्, विकास निर्माणलाई अझ तीव्र गतिमा अगाडि बढाउन सकियोस् भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘त्यो पनि हुन नसके पद ओगटिरहनुको औचित्य पुष्टि हुँदैन, यो कुरामा म सचेत छु ।’

चैत १६ गते शुक्रबार संवाद यात्राका क्रममा लुम्बिनीको कपिलवस्तु पुगेका कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसको सरकार फेरि आउने दाबी गरे । 

‘हाम्रो सरकार भर्खर त गएको हो, एकडेढ हप्ता मात्रै भयो,’ थापाले भनेका थिए, ‘फेरि आइहाल्छ, धेरै समय लाग्दैन । केही समयपछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहल्छ नि !’

‘हाम्रो सरकार भर्खर त गएको हो, एकडेढ हप्ता मात्रै भयो,’ थापाले भनेका थिए, ‘फेरि आइहाल्छ, धेरै समय लाग्दैन । केही समयपछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहल्छ नि !’

गगन मात्रै होइन, डा. शेखर कोइरालाले पनि शनिबार बीपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारणसभा बागमती प्रदेशबाट गठबन्धनमा समस्या आउने दाबी गरे । 

‘हामी विपक्षमा छौं, तर सत्तामा जानका लागि कोशिश गरिराखेका हुन्छौ । यो स्वाभाविक पनि हो,’ शेखरले भने, ‘भोलि यही बागमती प्रदेशबाट यसको शुरूआत हुन्छ । सातैवटै प्रदेशमा हुन्छ । केही दिन वा केही महिनापछि फेरि अर्को गठबन्धन बन्छ ।’

बागमतीमा सोमबार मुख्यमन्त्री शाकिलराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् । तर, निर्णायक नेकपा एकीकृत समाजवादीले मन्त्रालयको भागबन्डासहितमा असहमति जनाउँदै विश्वासको मत नदिने निर्णय गरेको छ । आइतबार प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बहुमतका लागि ५६ सीट आवश्यक हुँदा नेकपा एसका ७ सांसद निर्णायक देखिएका छन् । अन्तिमसम्मै नेकपा एसले अडान लिए शालिकरामलाई विश्वासको मत पाउन कठिन हुनेछ । 

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा प्रधानमन्त्री प्रचण्डले उत्ताउलो ढंगले गठबन्धन टुटाएपछि सरकार अस्थिर बनेको बताउँछन् ।

‘कांग्रेसले सरकार थाम्दाथाम्दै प्रचण्डजीले उत्ताउलो ढंगले गठबन्धन टुटाउनुभयो । उहाँले पुराना सहकर्मी दललाई आश्चर्यचकित बनाउनुभयो । कांग्रेसलाई मात्रै होइन, एकीकृत  समाजवादीलाई समेत थाहा दिइएन । प्रचण्डजीले यही शैलीलाई उथलपुथल भन्दै गर्दा जनतामा कुनै भरोसा छैन,’ विश्वकर्मा भन्छन्, ‘यसैले कांग्रेस र एमाले दुवैले यो सरकार लामो समय जाँदैन भन्ने मानसिकता बनाइसकेका छन् । यी दुवै दलले यो सरकार बढीमा बजेटसम्म जाने हो, त्यो बेलासम्म मात्रै पर्खिने भनेर संकेत गरिरहेका छन् ।’

बजेटपछि आफ्नो सरकार रहँदैन भन्ने प्रचण्डलाई पनि थाहा भएको उनी बताउँछन् । 

‘हामी कांग्रेस र एमाले यो सरकारलाई बजेटसम्म पर्खिने हो कि भन्नेमा पुगेका छौं । अनौपचारिक कुराकानीमा हाम्रो यस्तै सल्लाह छ,’ उनी भन्छन्, ‘चार महिना नपुग्दै केही हुँदैन, बजेटसम्म पर्खिने र बजेटपछि यो सरकार रहँदैन भन्ने प्रचण्डजीलाई थाहा छ ।’

कांग्रेसलाई साथ दिनेगरी दलहरू तयार रहेको दाबी समेत उनले गरे । तर, कांग्रेस आफू भने हतार गर्ने पक्षमा नरहेको उनको दाबी छ ।

‘सत्ताका लागि मात्रै ध्यान दिएको छैन भन्ने देखाउन पनि सरकारकै लागि हतार नगरौं, आफ्नै कारणले सरकार कमजोर हुन्छ भन्नेमा छौं,’ उनले भने, ‘तर, अरू जिम्मेवार दलहरू कांग्रेस अगाडि बढे साथ दिन तयार छौं भनेर बस्नुभएको छ ।’

एमालेमा भने तत्काल कि अलिपछि सरकारको समीकरण बदल्ने भन्ने दुई धार रहेको उनी दाबी गर्छन् । 

कांग्रेस महामन्त्री थापा

कांग्रेस नेता डा. मीनेन्द्र रिजाल हतार नगरी जिम्मेवार प्रतिपक्षी बन्दा कांग्रेसलाई सत्तामा जानबाट कसैले रोक्न नसक्ने बताउँछन् ।

‘नेताहरूले यसरी हतारमा किन बोल्नुभयो, यो उहाँहरूलाई थाहा होला । तर, कांग्रेसले हतारो गरेन भने सत्तामा जानबाट कसैले रोक्न सक्दैन,’ रिजालले लोकान्तरसँग भने, ‘कांग्रेसले सत्तातिर जाने भन्दा विपक्षमा रहेर सशक्त भूमिका निर्वाह गरे देशका लागि राम्रोसँग काम गर्ने परिस्थिति निर्माण हुन्छ ।’ 

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल भने नेताहरूको भाषण एकअर्कामा मनोवैज्ञानिक दबाब बढाउने र निराश कार्यकर्तालाई अड्याउने रणनीति मात्रै ठान्छन् । 

‘एकै वर्षमा प्रधानमन्त्रीले तीनपटक विश्वासको मत लिनुपर्ने अवस्था छ । सरकारले कुनै प्रभावकारी नतिजा दिन नसक्दा जनतामा निराशा र आक्रोश छ । यसैले कसैले उथलपुथल त कसैले सत्ता बदलिन्छ भनेर मनोवैज्ञानिक दबाब बढाइरहेका मात्रै हुन्,’ दाहाल भन्छन्, ‘सरकार गिर्दैछ, अर्को बन्दैछ भन्ने जोखिम देखाएर आमनागरिकको निराशालाई सत्ताका वरिपरि ल्याएर अल्मल्याउने प्रयत्न हो ।’

‘नयाँ समीकरण बनेको एक महिना पनि बितेको छैन । यसबीचमा वैकल्पिक गठबन्धनका लागि कांग्रेस र एमालेबीच कसले नेतृत्व लिने भन्ने कुनै प्रस्ट सहमति भएको र हुने स्थिति रहेको देखिएको छैन,’ दाहालले भने । 

अहिले नै गठबन्धन परिवर्तनको विषयले आकार लिन नपाएको उनले तर्क गरे ।

‘नयाँ समीकरण बनेको एक महिना पनि बितेको छैन । यसबीचमा वैकल्पिक गठबन्धनका लागि कांग्रेस र एमालेबीच कसले नेतृत्व लिने भन्ने कुनै प्रस्ट सहमति भएको र हुने स्थिति रहेको देखिएको छैन,’ दाहालले भने । 

नयाँ समीकरण बनेको एक महिनामै गठबन्धन बदल्ने माग गर्ने र बदलिन खोज्नेविरुद्ध बरु कांग्रेस र एमाले मिल्दा उचित उनको सुझाव छ ।

‘एकअर्कालाई दबाब दिनुभन्दा बरु कांग्रेस र एमाले मिलेर दुई–दुई वर्ष सरकार चलाए हुन्छ, अनि मुलुक र जनताको पक्षमा काम गरे हुन्छ,’ दाहाल भन्छन्, ‘यस्तो हुँदा माओवादीको नेतृत्वमा साना दलको मोर्चाबन्दी गरे हुन्छ, यसले राम्रो हुन्छ ।’

नेपाली राजनीतिमा नेताका बोली र गराइमा तादाम्यता नै नभएको दाहाल बताउँछन् । 

‘एक वर्षभित्र नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले कसले के बोले भन्ने टिपोट गर्ने हो भने सबैका दाबी हास्यास्पद लाग्छन्,’ दाहाल भन्छन्, ‘रविले ओली, प्रचण्ड र देउवालाई जेल हाल्नुपर्छ भनेर बोले, तर आफैं गृहमन्त्री भएका उनीसँग यस्तो आँट छ ?’ दाहाल भन्छन्, ‘यसैले नेपाली नेताका दाबी र्‍युमर मात्रै हुन्, परिस्थिति बनेपछिको बोली होइन ।’

एमालेले लो–प्रोफाइलका मन्त्री पठाएको र ठूला मन्त्रालय नलिएको विषयलाई लिएर कतिपयले यो सरकारको धरातल कमजोर रहेको चर्चा गरिरहेका छन् । अझै प्रदेश सरकारमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीबीच मिल्न नसकेको भागबण्डा र उपनिर्वाचनमा सत्तारुढ दलकै फरक–फरक उम्मेदवारी पर्ने देखिएको विषयका कारण पनि सरकारको आयुलाई लिएर प्रश्न उठेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x