×

NMB BANK
NIC ASIA

अन्योलमा सुदूरकै चल्तीको बसपार्क

अलपत्र अत्तरिया बसपार्क : जग्गाको स्वामित्वमा सेना–नगरपालिका विवाद, मारमा व्यवसायी र यात्रु

धनगढी | चैत २०, २०८०

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेशको केन्द्र अत्तरिया बजार हो । बजारदेखि ७ किलोमिटर पहाड रोडतर्फ पर्ने गोदावरी क्षेत्रलाई प्रदेशको राजधानीका रूपमा घोषणा गरिएको छ ।

Muktinath Bank

बजारसँगै जोडिएको पहाड रोड क्षेत्रमा बसपार्क छ, जहाँ सात पहाडी जिल्ला र पूर्व–पश्चिम राजमार्गसँगै धनगढीबाट आएका सवारी साधनहरू विश्राम गर्ने गर्दछन् । बसपार्क व्यवस्थित नहुँदा यात्रु, सवारी चालकदेखि सर्वसाधारणले हैरानी खेपिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जताततै फोहोर र ठेला गाडाले बसपार्क क्षेत्र कुरूप बन्दै गएको छ । ‘बसपार्क निकै अव्यवस्थित छ । जताततै फालिएको फोहोरले दुर्गन्ध फैलिँदै गएको छ । सवारी साधनभन्दा ठेला गाडी बढी छन् । यात्राका लागि निकै असहज छ,’ बैतडी जाँदै गरेका वरुण जोशीले भने ।


Advertisment
Nabil box
Kumari

डस्टबिनको पनि व्यवस्था नहुँदा यात्रु र ठेला व्यवसायीहरूले जताततै आफूखुशी फोहोर फालिरहेका छन् । ‘हामीले नगरपालिका र ठेकेदारलाई भाडा तिर्ने गरेका छौं । सरसफाइको जिम्मा उहाँहरूको हो । तर, उहाँहरूले चासो नदेखाउँदा बसपार्क अस्तव्यस्त बनेको छ,’ स्थानीय व्यापारी प्रसन्न ढकालले भने ।

Vianet communication

बसपार्कको व्यवस्थापनभन्दा सरोकारवालाको ध्यान कमाऊ धन्दामा लाग्दा यात्रु र स्थानीयले समस्या भोग्नुपरिरहेको छ । १ करोड १७ लाख ठेक्कामा पार्किङ शुल्क उठाउने जिम्मा पाएको भैरवकाली निर्माण सेवाले पनि रकम असुलीबाहेक अन्य काम नगरेको यातायात व्यवसायीहरू बताउँछन् ।

सरसफाइको जिम्मा पाएको मातृभूमि समाजले पनि मासिक शुल्क उठाउनमै ध्यान केन्द्रित गरेको स्थानीयको आरोप छ । ‘नगरपालिकाबाट फोहोर व्यवस्थापनको जिम्मा लिएको मातृभूमि समाजलाई हामीले रकम तिर्ने गरेका छौं, तर उनीहरूले समयमा फोहोर नउठाउँदा दुर्गन्ध फैलिँदै गएको छ,’ स्थानीय व्यापारी भावना चौधरीले भनिन् ।

null

बसपार्क क्षेत्रमा सेनाको दाबी, डीपीआर अलपत्र

प्रदेश गौरवसँग जोडिएको बसपार्क स्थापनाका लागि गोदावरी नगरपालिकाले डीपीआर तयार गरे पनि काम अघि बढाउन सकेको छैन । 

हाल बसपार्क रहेको जग्गा नेपाली सेनाको भोगचलनमा रहेको देखिएको छ । २०६८ सालमा स्थापना भएको बसपार्कमा एक दशकपछि नेपाली सेनाले दाबी गरेको हो । 

तेघरीस्थित नेपाली सेनाको देवी दल गणले बसपार्कमा ‘नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमिन’ लेखिएको बोर्ड समेत टाँसेको छ । सेनाले बसपार्क मात्रै हैन, बजारको पूर्व रोड, पहाड रोड र उत्तरी भेगभित्रको साढे १७ हेक्टर जमिनमा दाबी गरेको छ । हाल उक्त जग्गा नगरपालिका र स्थानीयले भोगचलन गर्दै आएका छन् ।

‘बसपार्क निर्माणका बेला सेनाले मतलब गरेन, अहिले नयाँ निर्माणको तयारी भइरहेका बेला भाँजो हाल्ने काम भइरहेको छ, यो ठीक कदम हैन । बजार क्षेत्रमा सेनालाई जग्गाको आवश्यकता छैन । आवश्यक परेको खण्डमा अन्यत्रको जग्गा दिन सकिन्छ,’ सुन्दर सुदूरपश्चिम यातायात प्रालिका प्रतिनिधि शिवराज भट्टराईले भने ।

सेनाको दाबीपछि प्रदेशस्तरीय बसपार्क निर्माणका लागि तयार भएको डीपीआर फाइल थन्किएको छ । बसपार्क निर्माणका लागि आफूले सर्वदलीय टोली र नेपाली सेनासँग समन्वय तथा कागजी प्रक्रिया अघि बढाए पनि सेनाको सहयोग नहुँदा निर्माण कार्य शुरू हुन नसकेको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट बताउँछन् ।

null

‘बसपार्कका विषयमा विभिन्न चरणमा सेनासँग छलफल भए पनि टुंगोमा पुगेको छैन । हामी सेनालाई नगरपालिकाकै अर्को स्थानमा जग्गा दिन तयार छौं, हाल बसपार्क रहेको क्षेत्र प्रदेशका ९ वटै जिल्ला जोड्ने क्षेत्र हो, बसपार्क सार्न तत्काल सम्भव छैन भनेर निरन्तर छलफलमा छौं,’ नगर प्रमुख भट्टले भने ।

यता तेघरीस्थित नेपाली सेनाको देवी दल गणले भने जग्गाका विषयमा हेडक्वार्टरले निर्णय गर्ने जनाएको छ । हेडक्वार्टरकै निर्देशनबमोजिम जग्गा दाबी गर्दै आफ्नो बोर्ड राखिएको सैन्य स्रोतले बतायो । जग्गा दिने र लिने अधिकार स्थानीय सरकारको हैन । पालिकाले केन्द्रमा सिफारिश गरेपछि निर्णय हुन्छ । हाम्रो हकमा पनि हेडक्वार्टरले जे निर्णय गर्छ, त्यही हुन्छ,’ एक सैनिक अधिकारीले लोकान्तरसँग भने ।

बसपार्क सर्ने सम्भावना कति ? 

नेपाली सेना र गोदावरी नगरपालिकाबीच आवश्यक समन्वय नहुँदा अत्तरिया बसपार्क निर्माणको काम अलपत्र परेको स्थानीयको आरोप छ ।

‘मेयरसाहेब बोल्नु मात्र हुन्छ, केही गर्न सक्नुहुन्न । मुखले समन्वय भइरहेको छ भन्नुहुन्छ । यसरी हुँदैन, हामीलाई रिजन हैन रिजल्ट चाहिन्छ,’ स्थानीय प्रेमकला भट्टले भनिन् ।

त्यसो त अहिलेको स्थानबाट बसपार्क सर्ने चर्चा नचलेको भने हैन ।

null

अहिले बसपार्क रहेको ठाउँभन्दा उत्तरतर्फ ट्राफिक बीटको पछाडि वनको खाली जग्गामा बिस्तार गर्ने तयारी समेत भएको थियो । तर, त्यहाँ काम भने शुरू भएको छैन ।

यता नगर प्रमुख भट्ट भने अत्तरिया र समग्र सुदूरपश्चिमको विकासमा नेपाली सेना बाधक बन्न नहुने बताउँछन् । ‘सेना विकासविरोधी हैन । हामीबीच समन्वय भइरहेकै छ । छिट्टै निष्कर्षमा पुग्छौं । सकेसम्म सेनालाई मनाउन नै अन्तिमसम्म प्रयास रहन्छ । सबै दृष्टिकोणबाट हेर्दा अहिलेकै स्थान उपयुक्त हो । डीपीआर निर्माणलगायतको काममा हामीले लगानी समेत गरिसकेका छौं । अन्तिमसमय सम्म पनि सेना तयार नभएको खण्डमा हामीले नगरपालिकाकै अर्को स्थानमा बसपार्क निर्माण कार्य शुरू गर्छौं,’ नगर प्रमुख भट्टले भने । 

भट्टका अनुसार नेपाली सेनाले कल्याणकारी कोषबाट पेट्रोल पम्प सञ्चालनका लागि नगरपालिकासँग जमिन माग गरेको थियो । पूर्व–पश्चिम राजमार्गमा पर्ने रेडक्रस भवननजिक करिब १ बिघा जमिन समेत दिने सहमति भएको भए पनि सेनाले आवश्यक कागजात उपलब्ध नगराएका कारण प्रक्रिया अघि बढ्न सकेन ।

बसपार्क निर्माणको काम अघि बढाउन रक्षा मन्त्री र रक्षासचिवसँग छलफल गरेको नगर प्रमुख भट्टको दाबी छ । सेनाले दाबी गरेपछि दुर्गालक्ष्मी सामुदायिक वनको आमभेलाले अत्तरिया बजारको मुख्य क्षेत्र पूर्व रोड नवखेतदेखि पहाड रोड अत्तरिया बसपार्क, लामितालसहित उत्तरी क्षेत्रभित्र पर्ने नेपाली सेनाको करिब साढे १७ हेक्टर जमिन बराबर २५ हेक्टर जमिन दिने निर्णय गरेको नगर प्रमुख भट्टको भनाइ छ । 

सेनाकै सहमतिमा सकेसम्म अहिलेकै स्थानमा बसपार्क निर्माण कार्य शुरू गर्ने र सहमति जुट्न नसकेको खण्डमा बसपार्क नै सार्ने तयारी नगरपालिकाको छ ।

बिसौनीबाट यसरी बनेको थियो बसपार्क 

२०६८ सालअघि अत्तरिया क्षेत्रमा पहाडी जिल्लाबाट आएका बस र पूर्व तथा पश्चिम कञ्चनपुर र धनगढीबाट आएका बसहरू सडक छेउमै रोकिने गरेका थिए । 

प्रदेशका ९ वटै जिल्ला र पूर्वी नेपालको संगमस्थलका रूपमा रहेको अत्तरिया क्षेत्रमा बसपार्कको आवश्यकता महसुस भएपछि बस बिसौनीको नामबाट अत्तरिया बसपार्कको काम शुरू गरिएको भयो । तत्कालीन बसपार्क समितिका अध्यक्ष गोकर्ण भट्ट थिए । 

पछि रकम फिर्ता लिने सहमति गरी सुदूरपश्चिम यातायात प्रा.लि.को तत्कालीन समितिले २५ लाखको लगानीमा बसपार्क निर्माण गर्‍यो । शुरूआती चरणमा ५० को हाराहारीमा बसहरू अटाउन सक्ने गरी निर्माण गरिएको थियो ।

सानो जग्गाबाट शुरू गरिएको बसपार्क बढाउँदै लगियो । अहिले त्यहाँ १ सय ५० बढी बस अट्छन् । स्थानीय सरकार आएपछि भने बसपार्क नगरपालिका मातहत छ । नगरपालिकाले लगानी गरेर विभिन्न समितिहरूका लागि टिकट काउन्टर पनि बनाएको छ ।

null

अहिले नगरपालिकाले भोगचलन गरिरहेको जग्गाको लालपुर्जा नेपाली सेनासँग रहेको बताइएको छ । बसपार्क नगरपालिकाको मातहत गइसक्दा पनि सुदूरपश्चिम यातायात प्रालिले लगानी गरेको २५ लाख फिर्ता पाएको छैन । नेपाली सेना र नगरपालिकाको आपसी रस्साकस्सीको मारमा स्थानीय, यात्रु र बस व्यवसायी छन् । यही स्थानमा व्यवस्थित बसपार्क बन्छ या अन्यत्र सर्छ यसका लागि भने केही समय कुर्नुपर्ने देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x