कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडाैं | चैत २५, २०८०
प्रदेश सरकार अस्थिर हुँदा साना दल हरेकका सांसद निरन्तर मन्त्री बन्दै आएका छन् । यस्तै सांसद हुन्, लुम्बिनी प्रदेशका भण्डारीलाल अहिर । बाँके क्षेत्र नम्बर २ (क) बाट निर्वाचित अहिर एक वर्षमा तीन पटक मन्त्री बनेका छन् । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता अहिरले आम निर्वाचन–२०७९ पछि लुम्बिनीमा बनेका तीन वटा सरकारमा तीन पटक नै मन्त्री बनेका हुन् ।
वि.स. २०७९ पुसमा नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा उनी कृषि तथा भूमि व्यवस्था मन्त्री बने । तर एमाले नेतृत्वको सरकार तीन महिनामै ढलेपछि नेपाली कांग्रेसका डिल्लीबहादुर नेतृत्वमा २०८० वैशाखमा बनेको सरकारमा पनि उनी कृषि मन्त्री नै बने । चौधरीको सरकार ११ महिनामा ढलेपछि अहिले फेरि नेकपा माओवादी नेतृत्वको ‘मिलीजुली’ नेतृत्वको सरकारमा पनि उनले आइतबार मन्त्रीको शपथ लिएका छन् । तर, उनको जिम्मेवारी नतोकिए पनि फेरि सोही मन्त्रालय मागेका छन् । उनीले मन्त्री बनेपछि गाडी समेत फेर्नुपरेको छैन ।
जसपाका लुम्बिनीमा तीन जना सांसद छन् मन्त्री भण्डारीका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जनतासँग जोडिनको लागि उहाँ (अहिर) को रोजाइ कृषि मन्त्री रहेको बताए । ‘अहिले पनि उहाँले कृषि मन्त्री दिनुपर्छ भन्नुभएको छ ,’ उनले भने ।
बाँके डुडुवा गाउँपालिका–३ वनकटटीका ५६ वर्षीया अहिर पूर्व शिक्षक हुन् । उनी शिक्षण पेसा छाडेपछि राजनीतिमा आएका हुन् । नयाँ सत्ता समीकरणपछि प्रदेश सरकार फेरिदा साना दलबिना सरकार बन्ने अवस्था नहुँदा साना दल ‘किङमेकर’ जस्तै बनेका छन् । ‘मन्त्री अहिरले पार्टीले अघि सारेपछि मन्त्री बनिरहेको बताए । ‘जबरजस्ती मन्त्री बन्छु भनेर बनेको होइन’ नवनियुक्त मन्त्री अहिरले लोकान्तरसँग भने, ‘यो बाहेक अझै एक पटक बन्छु त्यसपछि अरू पनि अघि सर्नुहोला । मेरो रोजाइ अहिले पनि कृषि नै छ ।’ मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिएपछि मन्त्रालय भागबण्डाको टुङ्गो लाग्ने उनको भनाइ छ ।
लुम्बिनीमा अहिले माओवादीको नेतृत्वमा एमाले, जसपा, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सहितको सरकार बनेको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले (नाउपा) पनि सरकारलाई समर्थन गरेको छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...