×

NMB BANK
NIC ASIA

सहकारी ठगीको अनुसन्धान

सुप्रिम सहकारी ठगी: जीबी, दीपेशसहित २८ जनालाई प्रतिवादी​ कायम गर्नुपर्ने प्रहरीको निष्कर्ष

बुटवल | बैशाख २, २०८१

NTC
Premier Steels

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा प्रकरणमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

Muktinath Bank

झण्डै २ महिना लगाएर अनुसन्धान सकी जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा प्रतिवेदन बुझाएको रुपन्देहीका प्रहरी प्रमुख (एसपी) रञ्जित राठौरले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले बचतकर्ताको उजुरी र सहकारी प्रतिवेदनका आधारमा यो सहकारी ठगी प्रकरणमा ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।


Advertisment
Nabil box
Kumari

‘हामीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यक्रममा शुक्रबार बुझाएका छौं’, एसपी राठौरले लोकान्तरसँग भने, ‘अनुसन्धानले २८ जनालाई प्रतिवादी बनाएको छ । अरू बिस्तारै पछि आउँदै जानेछ ।’

Vianet communication

‘हामीले अध्यक्ष जीबी राई, सचिव दीपेश पुनसहित सहकारीका पदाधिकारी र पक्राउ परेका सबैलाई प्रतिवादी बनाएर प्रतिवेदन पठाएका छौं,’ एसपी राठौरले थपे ।

सहकारीको रकम हिनामिनामा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई गत चैत २ गते पक्राउ गरी अनुसन्धानका लागि रुपन्देही ल्याइएको थियो ।

पुनसहित सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र सचिव दुर्गा चापागाईंलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

पछि सहकारीका सञ्चालक र कर्मचारीका रूपमा रहेका कुमार रम्तेल र सहकारीका आईटी प्रमुख भविश्वर अर्याललाई पनि पोखराबाट बुटवल ल्याएर अनुसन्धान गरिएको थियो ।

विक्रम संवत् २०७२ फागुनको साधारण सभाबाट सुप्रिमको अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र कोषाध्यक्ष दीपेश पुन चयन भएका थिए ।

विक्रम संवत् २०५७ सालमा बुटवलमा दर्ता भएर सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर पछि २०७२ साल फागुनदेखि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो ।

त्यसलगत्तै कार्यक्षेत्र बाहिरका दुवैजना संस्थाको सदस्य बनेर पदाधिकारी चयन भएका थिए । सुप्रिमको कार्यालय बुटवल राजमार्ग चौराहामा रहेको छ ।

विक्रम संवत् २०७६ साल कार्तिकमा भएको साधारण सभाबाट पुन सहकारीको सचिव बनेका थिए ।

पुन सचिव भएकै समयमा सुप्रिम सहकारीका संस्थापक अध्यक्ष तथा अहिले संरक्षक रहेका जीबी राई र उनी संलग्न विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको खुलेको छ । राई अहिले फरार छन् ।

बुटवलका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि सचिव पुनले २०७९ मंसिर २४ मा राजीनामा दिएका थिए ।

पुन नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय महासचिवसमेत हुन् ।

करोडौं रकम सहकारीले हिनामिना गरेपछि बचतकर्ताहरू अहिले बिचल्लीमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x