×

NMB BANK
NIC ASIA

सुप्रिम सहकारीको रकम अपचलन प्रकरण: यी हुन् २८ प्रतिवादी, आजदेखि बयान शुरू हुँदै

बुटवल | बैशाख ४, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलको सुप्रिम सहकारीको झण्डै एक अर्ब रुपैयाँ अपचलन गरेको अभियोगमा प्रतिवादी बनाइएका २८ जनाको आज (मंगलबार)देखि बयान शुरू हुँदैछ । सहकारीको रकम अपचलनमा प्रतिवादी बनाइएका २८ जनाको आजदेखि बयान शुरू हुने जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए । ‘सोमबार राति अभियोग आएको छ,’ मरासिनीले लोकान्तरसँग भने, ‘आजदेखि बयान शुरू हुन्छ । दीपेश पुनसहित ६ जनालाई उपस्थित गराइएको छ। ६ जनामध्ये २ जना पोखरा कारागारमा छन् । उनीहरूलाई पनि झिकाइन्छ । बयान सकिएपछि थुनछेक बहस हुन्छ ।’ 

Muktinath Bank

जाहेरीमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम फिर्ता गराउन माग गरिएको मरासिनीले बताए । रूपन्देही प्रहरीले अनुसन्धान सकेर गत शुक्रबार २८ जना प्रतिवादीलाई बनाउँदैसरकारी वकिलको कार्यालय, रूपन्देहीमा प्रतिवेदन बुझाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुद्दाका २८ प्रतिवादीमा जीबी राई, ओमप्रकाश गुरुङ, कुमार रम्तेल, दुर्गा पाण्डे, दीपेश पुन, भविश्वर अर्याल, नीता थापा, दीपक न्यौपाने, रोशनी गुरूङ, सागर केसी रहेका छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धिरजकुमार दास, असरफ अलि सिद्धिकी, बुद्धि गुरूङ, दिनेश रोका, आशिष आनन्द, मजहर मोहम्मद, लिगल ढुंगाना, मनप्रसाद गुरूङ, पौबहादुर गुरूङ, स्यान्ड्रिक राजभण्डारी, आशिष रानाभाट, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामी प्रतिवादी रहेको मरासिनीले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

सुप्रिम सहकारीमा भएको ठगीबारे अनुसन्धान गरेको प्रहरीले जीबी राई र रवि लामिछानेका नाममा समेत रकम गएको देखिएको जनाएको छ । रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरले गोर्खा मिडियामा नाममा १ करोड ८० लाख रुपैयाँ गएको प्रमाणमा देखिएको बताए । तर, रवि लामिछानेको नाम उल्लेख नभएको उनले भनाइ छ । 

दीपेश पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । विक्रम संवत् २०५७ सालमा बुटवलमा दर्ता भएर सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर पछि २०७२ साल फागुनदेखि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो ।

त्यसलगत्तै कार्यक्षेत्र बाहिरका दुवैजना संस्थाको सदस्य बनेर पदाधिकारी चयन भएका थिए । सुप्रिमको कार्यालय बुटवल राजमार्ग चौराहमा रहेको छ । विक्रम संवत् २०७६ साल कार्तिकमा भएको साधारण सभाबाट पुन सहकारीको सचिव बनेका थिए । 

पुन सचिव भएकै समयमा सुप्रिम सहकारीका संस्थापक अध्यक्ष तथा अहिले संरक्षक रहेका जीबी राई र उनी संलग्न विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको खुलेको छ । राई अहिले फरार छन् । 

बुटवलका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि सचिव पुनले २०७९ मंसिर २४ मा राजीनामा दिएका थिए । पुन नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय महासचिवसमेत हुन् । ८ हजार भन्दा बढी बचतकर्ताको झण्डै १ अर्ब रुपैयाँ अपचलन भएपछि सर्वसाधारण बिचल्लीमा परेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x