२९ जेठ २०८३, शुक्रबार

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य सिफारिस

बैशाख १०, २०८१
बुटवल
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य सिफारिस

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा. तिलकराम आचार्य सिफारिस भएका छन् । रिक्त रहेको रजिष्टर पदमा सिफारिसका लागि उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले खुला विज्ञापनबाट दरखास्त माग गरेका थिए । रजिष्ट्रार सिफारिस गर्ने अधिकार उपकुलपतिमा रहे पनि प्रधानमन्त्री र शिक्षा मन्त्रीले खुला प्रतिष्पर्धाबाट विश्वविद्यालयका पदाधिकारी छनोट गर्ने परिपाटी बसाल्नुपर्ने बताएपछि विज्ञापन गरिएको थियो ।

चैत १८ गते प्रकाशित विज्ञापनअनुसार ९ जनाले दरखास्त दिएकोमा अन्तिम मूल्यांकनका लागि ७ जना छनोटमा परेका थिए । उनीहरूको वैशाख ८ मा अन्तिम मूल्यांकन भएको थियो । 

मूल्यांकन समितिमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. रमेशचन्द्र पौडेल अध्यक्ष, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइराला र शिक्षाविद् प्रा. डा. पुष्कर बज्राचार्य सदस्य रहेको उपकुलपति कार्यालयले जनाएको छ । 

मूल्यांकन समितिले गरेको अन्तिम मूल्यांकनबाट प्राप्त नतिजाका आधारमा उच्च अंक ल्याउने आचार्यलाई नियुक्तिका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरिएको विश्वविद्यालयबाट जारी गरिएको सूचनामा उल्लेख छ । उनले बौद्ध दर्शनमा विद्यावारिधि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्