०५ साउन २०८३, मंगलबार

धादिङको आयुर्वेद औषधालय १६ शय्यामा स्तरोन्नति

बैशाख १२, २०८१
धादिङ
धादिङको आयुर्वेद औषधालय १६ शय्यामा स्तरोन्नति

​धादिङको नीलकण्ठ नगरपालिका ३, धादिङबेसीमा सञ्चालित जिल्ला आयुर्वेद औषधालयलाई १६ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ ।

आयुर्वेद औषधालयलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रूपमा विस्तार गरिएको हो ।

चिकित्सालयले अब १६ शय्याको सेवा प्रदान गर्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा अमूल्य दाहालले बताए । उनले चिकित्सालयको भवन निर्माण गरी सेवा प्रदान गर्न लागेको जानकारी दिए ।

धादिङ जिल्लामा १० वटा आयुर्वेद संस्था छन् । चिकित्सालयसहित चार वटा आयुर्वेद औषधालय र पाँच वटा सेवा केन्द्र सञ्चालनमा छन् । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीलाई चौबीसै घण्टा सेवा दिन सकिनेछ ।

सोह्र शय्याको अस्पताल सञ्चालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाइ भइरहेको छ । औषधि न्यून मात्रामा उपलब्ध हुने भएकाले पनि सेवाग्राहीलाई सहजरूपले सेवा दिन नसकेको चिकित्सालय धादिङका प्रमुख दाहालको भनाइ छ ।

चिकित्सालयले वैकल्पिक उपचार विधि अन्तर्गत बहिरङ्ग सेवा, प्याथोलोजी ल्याब, अकुपञ्चर सेवा, पूर्वकर्म र पञ्चकर्म सेवा, फिजिओथेरापीलगायतको निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत ३० वर्षभन्दा माथिका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

आमा समूहमा भान्साघर औषधालय कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस कार्यक्रम अन्तर्गत भान्सामा चल्ने खानेकुरा र स्वादिलो बनाउन प्रयोग हुने मसलाको मात्राको विषयमा सिकाउने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्