
नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा ‘आईसीटी डे अफर’ ल्याएको छ ।
‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नाराका साथ यही वैशाख २० गते मनाइने दिवसको अवसरमा अफर सार्वजनिक गरिएको हो ।
अफर २०८१ वैशाख १९ देखि २१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध रहेको प्रवक्ता हरि ढकालले जानकारी दिए ।
आगामी वैशाख १९ देखि २१ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11#डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरू खरिद गर्न सकिने छ ।