कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडाैं | बैशाख २८, २०८१
बाँकेको कोहलपुरस्थित पिपरा रोडमा बिहीबार बिहान प्रहरीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गर्यो । काठमाडौंस्थित लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)बाट खटिएको प्रहरी टोलीले कारोबारीलाई नियन्त्रणमा लिन गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो ? एनसीबीका प्रमुख एसएसपी गोविन्द थपलिया भन्छन्, ‘प्रहरीलाई हम्मरले हान्न थालेपछि एक राउण्ड गोली प्रहार गरिएको हो । बायाँ खुट्टामा सामान्य चोट मात्रै लागेको छ ।’
गोली लागि घाइते भएका सुशील परियार रुपेडिया नाकाबाट भारतीय लागूऔषध कारोबारीसँग सेटिङमा खैरो हेरोइन नेपालमा ल्याएर बिक्री गर्ने गरेको सूचना एनसीबीलाई आएको थियो । विगत चार/पाँच दिनदेखि एनसीबीको टोली बाँकेस्थित कोहलपुरमा पुगेर परियारलाई ‘रेकी’ गरिरहेको थियो । एनसीबीबाट प्रहरी निरीक्षक रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलले बाँके प्रहरीको समन्वयमा परियारको निगरानी बढाएका थिए । ‘भारतीय नागरिक 'भाइजान'सँग मिलेर परियारले लागूऔषध खैरो हेरोइनको कारोबार गरेको देखियो,’ थपलियाले भने, ‘एनसीबीको चाहना भाइजानलाई नै पक्राउ गर्ने थियो तर, प्रहरी देख्नेवित्तिकै परियारले हम्मरले झट्टी हानेर भाग्न खोजे । प्रहरीले गोली चलाएपछि भीड जम्मा भयो । सोधीखोजी गर्न थालेपछि घटनाबारे सबैतिर हल्ला मच्चियो ।’
एनसीबीका अनुसार भे ६ प ६२०६ र भे ५ प ३१३५ मा क्रमश: कोहलपुर चौपरगौडीका परियार र प्रमोद कार्की हुइकिँदै आएपछि रोक्न खोज्दा उनीहरू भागेका थिए । प्रहरीले ‘रोकरोक’ भन्दाभन्दै भाग्न खोजेपछि लखेट्न खोज्दा उल्टै हम्मरले हान्न थालेपछि गोली चलाएको जिकिर एसएसपी थपलियाको छ ।
त्यसो त प्रहरीले यसअघि पनि लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । झापा गाउँपालिका–४ खैरबारीका २५ वर्षीय सरिफूल आलमलाई नियन्त्रणमा लिन गत वैशाख १७ गते प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीमाथि नै खुकुरी प्रहार गर्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरी दाबी थियो । तत्कालीन समयमा प्रहरीले सरिफूल आलम घाइते भएका थिए । उनको साथबाट प्रहरीले ११६.६० ग्राम ब्राउनसुगर, दाउ र खुकुरी बरामद गरेको गरेको थियो ।
२०८० कात्तिक १५ मा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । काठमाडौंको गोठाटारमा ब्राउन सुगर कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीले भारतीय नागरिक मोहम्मद करिम घाइते भएका थिए । उनले प्रहरीमाथि नै गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको थियो । प्रहरीले तत्कालीन समयमा एक थान पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद गरेको थियो ।
२०७६ जेठ २९ गते पोखराको उत्तम चोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन एनसीबीको प्रहरी टोलीले गोली चलाएको थियो । उत्तम चोकमा रहेको एक क्याफेमा ग १३ प ८२२८ नम्बरको मोटरसाइकलमा पुगेका कारोबारीलाई प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिकार गरेपछि गोली चलाएको थियो । गोली लागेर पोखरा–१० का गोविन्द थापा घाइते भएका थिए । उनी लागूऔषध कारोबारी भएको प्रहरी दाबी थियो ।
माथिका यी घटना हेर्दा कारोबारीबाट बरामद गरेको लागूऔषध परिमाण र गोली लागेर घाइते भएकाहरू ठूला र्याकेट सञ्चालन गर्ने कारोबारीजस्ता देखिँदैनन् । प्रहरीले तर्साउन र नियन्त्रणमा लिनकै लागि पनि गोली चलाउने गरेको टिप्पणी हुँदै आएको छ ।
मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी प्रहरीको यो कदमलाई गैरजिम्मेवारीपूर्ण भन्छिन् । ‘पछिल्ला दिनमा सामान्य कारोबारी वा दुर्व्यसनकर्तालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदै आएको देखिन्छ,’ अन्सारीले भनिन्, ‘अहिले देशमा संकटकाल छ र ? आरोपीलाई पक्राउ गर्न गोली नै चलाउनुपर्ने अवस्थाबारे प्रहरीले गम्भीर भएर समीक्षा गर्नुपर्छ । ऊ जवाफदेही हुनुपर्छ ।’
प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको भनेर अभिव्यक्ति दिए पनि त्यसको पुष्टि गर्ने आधार खोज्नुपर्ने बेला आएको अन्सारीको बुझाइ छ । उनले बन्दुक चलाएर अपराधी तर्साउनेभन्दा पनि अपराध नै हुन नदिने दिशातर्फ प्रहरी लाग्नुपर्ने बताइन् ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...