
कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ ।
सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५१ एक्स्टेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग एकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकको छ ।