
सुजल डेरी प्रालिले नवीनतम ब्रान्ड रस बदाम ड्रिङ्क बजारमा ल्याएको छ।
रस बदाम ड्रिङ्कमा प्रयोग भएको क्यालिफोर्नियन बदाम, आयातित उत्कृष्ट केशर र पोखरा तथा पोखरा वरिपरिबाट सङ्कलन गरिएको दूधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ ।
रस बदाम ड्रिङ्क अन्तर्राष्ट्रिय स्तरको अटोमेटेड मशिनबाट उत्पादन गरिन्छ । रस बदाम ड्रिङ्कमा बदामको स्वाद र दूधको तागतले उपभोक्तालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्दछ।
वर्तमान समयको जीवनशैली एकदमै छिटो बन्दै गइरहेको छ र निरन्तर अघि बढ्नको लागि शरीरलाई चाहिने उर्जाले पनि त्यत्तिकै महत्व राख्दछ।
उपभोगतालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने उर्जा रस बदाम ड्रिङ्कले पूर्ण गर्दछ।
रस बदाम ड्रिङ्कको १८० एमएल क्यान १०० रुपैयाँमा बजारमा उपलब्ध छ।