
निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ। आन्तरिक र खुला प्रतियोगितामार्फत पदपूर्ति गर्नेगरी शुक्रबार कोषले दरखास्त आह्वान गरेको हो ।
जसअनुसार आन्तरिक प्रतिस्पर्धाबाट एक जना सहायक अधिकृत माग भएको छ भने खुला प्रतियोगितामार्फत नायब प्रबन्धक, अधिकृत, सहायक अधिकृत र सहायक गरी ७ जना माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले जेठ ३१ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।