![गोर्खा ब्रुअरीले वितरण गर्यो मटिहानीका आगलागीपीडितलाई राहत सामग्री [तस्वीरहरूसहित ]](https://lktcdn2.prixacdn.net/media/gorkha_bruari_1_GU8k058dx4.jpg)
गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ ।

कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक–एक थान कम्बल र भेस्ट वितरण गरिएको हो ।
सो राहत गोर्खा ब्रुअरीका सेल्स डाइरेक्टर काजीमान सुब्बा र मटिहानी नगरपालिका प्रमुख (मेयर) हरिप्रसाद मण्डलले संयुक्त रुपमा वितरण गरेका हुन् ।

राहत वितरण कार्यक्रममा मटिहानी नगरपालिका–६ का वडा अध्यक्ष कलिम अन्सारी, जलेश्वर उद्योग वाणिज्य संघका महासचिव शिवचन्द्र चौधरी, गोर्खा ब्रुअरीका एरिया सेल्स इन्चार्ज प्रदीप अधिकारी र कृष्णा इन्टरप्राइजेज महोत्तरी जिल्ला डिलर प्रेमचन्द्र प्रसाद सहभागी थिए ।

यस्तै इन्द्रा स्टोर धनुषा जिल्ला डिलर रामेश्वर साह, न्यू नायक ट्रेडर्स मटिहानीका सञ्चालक सुकेशकुमार नायक, र सुरज ट्रेडर्स मटिहानीका सञ्चालक अजय साह र सुमित साहलगायतको पनि उपस्थिति थियो