२३ असार २०८३, मंगलबार

मिलन शाह शंकरको उपन्यास ‘कर्ना’ लोकार्पण

जेठ ७, २०८१
काठमाडौं
मिलन शाह शंकरको उपन्यास ‘कर्ना’ लोकार्पण

मिलन शाह शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण गरिएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक कार्यक्रमबीच कृतिको लोकार्पण गरिएको हो । 

प्रा डा. सुरेन्द्र केसी, पत्रकार एवं साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह शंकर, साहित्यकार लेखनाथ पोख्रेल, वरिष्ठ संगीतकार राजु सिंह, रेडियो नेपालका बोर्ड सदस्य तथा गायक सीताराम पोख्रेल, कृतिका सम्पादक कृष्ण भुसाललगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् । 

null

कृति लोकार्पणको अवससरमा आमा कमला फाउण्डेशनको पनि अनावरण गरिएको थियो । यो फाउण्डेशन स्रष्टा शाह-शंकरले आफ्नी आमा कमलाका नाममा स्थापना गरेका हुन् । 

स्रष्टा शाह–शंकरले विविध कारणले यो कृति पाठकमाझ आउन दश वर्ष लागेको बताए । यसमा आफ्ना पहिलाका कृतिभन्दा फरक ढंगले प्रस्तुत भएको उनले बताए । महाकाव्यकार तथा कृतिका भूमिकाकार वरिष्ठ साहित्यकार दाहालले कर्ना साच्चैकै राम्रो कृति कर्ना रहेको बताए ।  उनले कर्नाले उठाउन खोजेको विषय वस्तुमाथि प्रकाश पारेका थिए । 

पुस्तकको समीक्षा गर्दै प्रा. पुरुषोत्तम दाहालले दश वर्से सशस्त्र हिंसाले समाजमा निम्ताएको घटनालाई उजागर गरेको बताए । समाजमा जगडिएर रहेको जातीय छुवाछूतका विषयलाई पनि कृतिले उजागर गरेको उनले बताए । 

मिलाप पब्लिकेशनका अध्यक्ष एवं पत्रकार कृष्ण भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा डा. केसीले माओवादी सशत्र द्वन्द्वले अनेक पीडा र घाउ दिएको बताउँदै कृति त्यसैमा आधारित रहेको बताए । देशको वर्तमान राजनीतिक परिस्थितिको चिन्ता गर्दै परिवर्तनले आमजनतामा कुनै उत्साह ल्याउन नसक्नुमा नेतृत्ववर्गका व्यक्तिगत स्वार्थ हावी रहेको जिकिर उनले जिकिर गरे । मिलाप पब्लिकेशन प्रा.लिले प्रकाशन गरेको ३६४ पेजको यो कृतिको मूल्य ५९९ राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्