×

आत्मनिर्भरताको बाटो

चार ‘बुहारी' जसले खाना पकाउने जिम्मेवारीलाई व्यवसाय बनाए

पाेखरा | जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनको ढोकाबाट टेबलसम्म खाना पुर्याउन हतारो गरिरहेका थिए । त्यही बीचमा थिए नमीता भट्टचन र रोशनी शेरचन । 

Laxmi Bank

रेस्टुरेन्टको व्यस्ततामा नमीता ध्यान दिइरहेकी थिइन्, खानाको स्वादमा कमी नआओस् भन्ने उनको ध्येय थियो । त्यही माहोलमा ३० जनाका लागि खानाको बेग्लै अर्डर आएको थियो । रोशनी त्यसैमा खटिएकी थिइन् । 


Advertisment

यो दृश्य पोखराको न्युरोडमा रहेको मन्त्र थकालीको हो । यी दुईसँगै चारजना साथी यसरी व्यस्त हुन थालेको झण्डै डेढ दशक भयो । अरु साथीमा तृष्णा शेरचन र बिनीता गौचन छन् । त्यो बेला उनीहरूले खाना पकाउने सौखलाई व्यावसायीकरण गर्ने अठोट गरेका थिए । त्यसपछि यिनीहरू गृहस्थीको भान्साबाट बाहिर निस्किए । तबदेखि यिनको दैनिकी यसैगरी बितिरहेको छ ।


Advertisment

न्युरोडस्थित भाटभटेनीपछाडि छ मन्त्र थकाली । १३ वर्षअघि चार साथी मिलेर खोलेको रेस्टुरेन्ट यतिबेला काठमाडौंसम्म फैलिएको छ । दुई साथी पोखरा हेर्छन् दुई काठमाडौँमा भान्सा चलाइरहेका छन् । सानो रेस्टुरेन्टलाई ब्रान्ड बनाउन चारैजनाको उत्तिकै हात छ । 

आफन्त पर्ने चार जनाबीच सम्बन्ध साथीसंगीको रुपमा झनै गाढा थियो । नमीताबाहेक सबै जापान गए । तीनैजना जापानबाट आएपछि केही गर्ने सोचमा थिए । नमीतालाई पनि काम गर्ने हुटहुटी थियो । साथीहरूको भेलाले ठम्यायो– व्यवसाय गर्ने । थकाली समुदायमा हुर्केका हुनाले खाना पकाउने सौख चारै जनाको उत्तिकै थियो । उनीहरूले त्यसैलाई व्यवसाय बनाउने निर्णय गरे । र, जुराए नाम ‘मन्त्र थकाली’ । अहिले नमीता, रोशनी, तृष्णा र बिनीता सबै यसका सञ्चालक छन् ।

नमीता र रोशनीले पोखरामा तथा तृष्णा र बिनीता भने काठमाडौंको रेस्टुरेन्ट सम्हालिरहेका छन् । 

सानो पुँजीबाट शुरू भएको काम अहिले करोडौँको व्यवसाय बनेको उनीहरू बताउँछन् । नमीता आफू यसैमा रमाउन थालेको बताउँछिन् । रेस्टुरेन्टमा आएका पाहुनालाई खाना खुवाउन नमीतालाई आनन्द आउँछ । 

‘खाना पकाउने सौख थियो, अहिले यसैलाई व्यवसाय बनाइएको छ । आफूले जानेका परिकार बनाएर पाहुना (ग्राहक)लाई खुवाउँदा एक किसिमको आत्मसन्तुष्टि मिल्छ,’ नमीताले भनिन् । नमीतासँगै पोखरा कमान्ड सम्हालिरहेकी रोशनी पनि आफ्नो काममा सन्तुष्ट छिन् । ‘सबै जनाको आ–आफनो सोच थियो, ठ्याक्कै समयले जुराइदियो । हामी यत्तिकै नबसौँ भन्ने लागेको थियो । आ–आफू केही गर्ने भन्दै थियौँ । संयोगले सँगै गर्न जुर्यो । थोरे पैसामा शुरू गरेको व्यवसाय अहिले बिस्तार भएको छ । सम्झिँदा खुशी लाग्छ,’ उनले भनिन् । 

रेस्टुरेन्ट खोल्ने योजना बनाएपछि चार साथीलाई परिवारको साथ मिल्यो । थकाली समुदायमा घर–व्यवहार महिलाको हातमा नै हुने भएकाले व्यवसाय सञ्चालन गर्दा उनीहरूले समस्या झेल्नु परेन । तर, व्यवसाय सञ्चालन गरेपछि दिगोरुपमा अघि बढ्न चारैजनाले चुनौती भने सामना गरे । 

घरपरिवारबाट रेस्टुरेन्ट खोल्न साथ मिलेपनि महिला व्यवसायको लागि माहोल बनिसकेको थिएन । उनीहरूले रोजेको ठाउँ खासै चहलपहल हुने ठाउँ पनि थिएन । रेस्टुरेन्ट चलाउन घरमा पाहुनालाई पकाएर खुवाएजस्तो सजिलो हुँदै भन्ने उनीहरूलाई पनि लागेको थियो ।

‘घरमा परिवार र पाहुनालाई पकाएर खुवाउनु र रेस्टुरेन्ट सञ्चालक गर्नु फरक विषय हुन् भन्ने हामीलाई थाहा थियो । यो चुनौतीलाई चिर्दै हामी अघि बढेका हौं,’ नमीता भन्छिन् । 

५० लाखको हाराहारीमा रेस्टुरेन्ट खोलेपछि सञ्चालनमा आफैँ जुटे । शुरूवाती समयमा उनीहरूलाई थोरै मूल्यमा मिठो र राम्रो खाना पस्किन चुनौती बन्यो । स्टाफ कम भएकाले चारैजना काममा उत्तिकै खटिए ।

परिवारको साथ, आर्थिक रुपमा पनि सहजै भयो । तर गृहस्थ जीवन बिताइरहेका चारैलाई परिवारलाई समय दिन नपाएको विषयले पोल्थ्यो । अधिकांश समय रेस्टुरेन्टमा बित्थ्यो । घरमा थकान मेटाउनमात्र पुग्थे । सबेरै रेस्टुरेन्ट आइपुग्थे । कहिले त उनीहरूले राति १२–१ बजेसम्म रेस्टुरेन्टमै काम गरेर बस्नुपथ्र्यो ।

null

त्यो बेला नमीताका बच्चा सानै थिए । घरमा बच्चाको रेखदेख गरिदिन्थे मान्छे हुँदा पनि उनीहरू आमा खोज्दै आउँथे । त्यतिबेला भने नमीतालाई काम गर्दा खिन्न हुन्थ्यो । 

‘जुन बेला रेस्टुरेन्टमा भीड हुन्छ, त्यतिबेला नै बच्चाहरू पछि लाग्ने गर्थे । कतिबेला त रोएर हैरान पार्थे । यो बेला कहिले त आपत नै पथ्र्यो,’ ती दिन उनले सम्झिइन् ।

यता, रोशनीलाई पनि घरमा समय दिन नसकेको कुराले पोल्थ्यो । किनकि उनको अधिकांश समय रेस्टुरेन्टमै बित्थ्यो । घर अबेर रातिमात्र पुग्थिन् । 

‘बुहारी भएपछि सबैलाई खुशी पार्नुपर्ने । काम गरेर घरमा छिर्दा पनि  डर मानी–मानी घर छिर्नुपर्ने । भन्न त केही भन्नुहुन्नथ्यो । तर आफैँलाई अफ्ठ्यारो लाग्थ्यो,’ उनले हाँस्दै सुनाइन् । 

धेरै दुःख गरेर उनीहरू रेस्टुरेन्ट स्थापित गरेका हुन् । एकचोटी आएका ग्राहक फर्की–फर्की आउन थाले । एकपटक आएका ग्राहकले अरु साथी पनि लिएर आउँथे । व्यवसाय बढ्दै थियो । उनीहरूलाई हौसला मिलिरहेको थियो । ‘नआत्तिनुस्’ भन्दै ग्राहकले नै हौसला दिन्थे । 

यससँगै रेस्टुरेन्टका माध्यमले उनीहरूलाई चिन्ने बढ्न थालेका छन् । व्यवसायको एकदशक पार गरेपछि बल्ल मानिसहरूको सकारात्मक प्रतिक्रिया खुलेर आउन थालेको नमीता बताउँछिन् । ‘प्राउड अफ यू भनेको सुन्दा हामीलाई खुशी लाग्छ । कतिले आजकल त मन्त्र थकाली रहेको प्रगति मार्गलाई मन्त्र मार्ग भन्न थालिसकेका छन् । त्यो सुन्दा आफूहरूलाई थप खुशी लाग्ने गरेको उनीहरू बताउँछन् ।

 ६ जना स्टाफबाट शुरू गरेको रेस्टुरेन्टले अहिले ९५ जनालाई रोजगारी दिइरहेको छ । रेस्टुरेन्टको पुँजी बढेर चार करोड पुगिसकेको छ । पोखराबाट शुरू भएको रेस्टुरेन्ट काठमाडौंसम्म बिस्तार भएको छ । काठमाडौंका ग्राहकले लेकसाइडमा मन्त्रको स्वाद खोजेपछि बाराही चाैकमा रेस्टुरेन्ट खुलेको धेरै भएको छैन । 

तीन ठाउँमा थकाली स्वाद पस्किरहेको मन्त्रले काठमाडौंको चक्रपथमा​ ब्रान्च ओपनिङ गर्ने तयारीमा गर्दैछ । आजभोलि यी चार साथीलाई शारीरिक कामको बोझ हुँदैन । व्यवस्थापनको पाटोले मात्र थकाउँछ । तर, मन्त्रले पाएको सफलता र मायाले उनीहरूको थकाइ मेटिने गरेको छ ।


 

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x