२७ जेठ २०८३, बुधबार

‘डान्स च्याम्पियन सिजन २’ आइतबारदेखि

जेठ २५, २०८१
काठमाडौं
‘डान्स च्याम्पियन सिजन २’ आइतबारदेखि

डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ आइतबारदेखि सुरु हुने भएको छ । 

आयोजक आइडीए स्टुडियोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही जेठ २७ गतेबाट ‘डान्स च्याम्पियन सिजन २’ प्रसारण हुने जानकारी गराएको हो । 

शो एपीवान टेलिभिजनमार्फत प्रसारण हुने आयोजक आईडिए स्टुडियोले जनाएको छ । 

प्रिमियरदेखि फिनालेसम्म निर्णायकको भिटो पावर लगाउन सक्ने व्यवस्था रहेको उक्त शोको अडिसन राउण्ड सकिइसकेको छ ।
शोका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीत, संगीत, नृत्य र अभिनय सबै कलाकारिताका एक अर्काका परिपूरक भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्