×

डुंगा खियाउनेको अवस्था

फेवातालमा पालोको पर्खाइः सिजनमा राम्रै कमाइ, अफसिजनमा गाह्रो

पाेखरा | जेठ २६, २०८१

प्रेमबहादुर भुजेल र सबिन लामा ।

जेठको टन्टलापुर घाममा फेवाताल छेउमा बसेर कसैलाई पर्खिरहेका थिए प्रेमबहादुर भुजेल । डुंगामा बसेर आफ्नो पालो कुर्दै थिए । उनको एउटै थियो– कतिबेला डुंगा खियाउने पालो आउँछ र एकदिनको गर्जो टर्छ । प्रेमले यसरी बाराहीघाटमा पर्यटक कुर्दै फेवातालमा डुंगा खियाउन थालेको १६ वर्ष बितेको छ ।

सिन्धुली घर भएका प्रेम जागिरको सिलसिलामा पोखरा आएका थिए । ६३ वर्षीय प्रेमको मानसपटमा कुन सालमा पोखरा आए भन्ने याद धुमिल बन्दै गएको छ । त्यो बेला प्रेम स–साना काम गरेर गाउँघरतिरै बसिरहेका थिए ।  एकजना आफन्तको फेवातालमा डुंगा व्यवसाय रहेछ । छाक टार्ने जोहो खोजिरहेका प्रेमले तिनैसँग पोखरा जाने निधो गरे । ती आफन्तले डुंगाको चालकको काम जुराइदिए ।


Advertisment

null


Advertisment

‘यहाँ आएपछि तीन दिनमै डुंगा चलाउन सिकेको हुँ । मलाई ल्याउने आफन्तकै डुंगा चलाइरहेको छु । यसअघि कोशी नदीमा पनि अलिअलि चलाइन्थ्यो । यहाँ आएपछि पूरै सिकेँ,’ उनले सुनाए । 

अहिले त प्रेमको सबथोक नै डुंगा भएको छ । उनले डुंगा खियाएरै दुई छोरा र तीन छोरी हुर्काए । तीन छोरीको बिहेवारी भइसक्यो । दुई छोरा काठमाडौंमा मिस्त्री काम गर्छन् । ‘बिरामी भएका कारण आजकल श्रीमती पनि काठमाडौं बस्छिन्,’ उनले भने ।  

उमेर ढल्किएसँगै प्रेमको अवस्था पहिलेजस्तो मजबुत छैन । तैपनि सकेको गरिरहेका छन् । बाराहीघाटमा पालो कुर्नुपर्ने प्रणाली भएका कारण काम सधैँ पाउने अवस्था नभएको उनले बताए ।  

‘मेरा लागि डुंगा चलाउनु सामान्य नै हो । यद्यपि, बिस्तारै बूढेशकालले छुँदै गइरहेको छ । डुंगा फर्काउँदा छाती दुख्न थालेको छ । लाइनमा बस्नुपर्छ, यस्तो क्यूमा बस्दा कहिले काम पाइन्छ, कहिले पाइँदैन । जे भएपनि डुंगा चलाएरै खानुपर्ने बाध्यता छ’ उनी भन्छन् । 

सिजनको समयमा प्रेमले दिनमा १५ सयसम्म कमाइ हुन्छ । पर्यटक कम भएको  बेलामा दिनमा सात सय जति आम्दानी हुन्छ ।
‘म आजकल नयाँ केटाहरूजति खट्न सक्तिन । दैनिक आठ ट्रिप जति हान्न सक्छु । भएको बेला १५ सयसम्म कमाउँछु,’ उनले थपे ।    

उमेर बढ्दै गएपनि तत्कालै डुंगा चलाउन छोड्ने सोच प्रेममा छैन । त्यसो त उनीसँग अब अरु काम गर्ने पनि विकल्प छैन । ‘दुई–चार पैसा कमाइ भइरहेको छ । त्यसैले अहिले नै यो काम छोड्ने पक्षमा छैन । उता गाउँतिर पनि काम पाइन्न । त्यसै बस्नुभन्दा यही कसेर कमाउन पाए खाने बाटो त हुन्छ,’ उनी भन्छन् । 

मकवानपुरबाट पोखरा आएका हुन् सबिन लामा । रोजगार खोज्न पोखरा आएका यिनले फेवातालमा डुंगा खियाउने काम पाए । आजभोलि उनको दैनिकी यसैगरी बितिरहेको छ । 

null

‘गाउँमा रोजगारी थिएन । जागिर खोज्दै पोखरा आएँ, अनि डुंगा चलाउने ठाउँमा ठोक्किएँ । अहिलेबाट गुजारा भइरहेको छ,’ उनी भन्छन् । 

फेवातालमा ७०० भन्दा बढी डुंगा छन् । बाराहीघाटका व्यवसायीसँग ३५६ वटा डुंगा छन् । क्यू सिस्टम भएकाले कहिले पालो नपाउने पनि हुन्छ । तर, अरुको पालोमा पनि जान पाइने अवस्था भने छ । यसले सहज बनाएको सबिन बताउँछन् ।  

‘३५६ वटा डुंगामा सबैले १–१ राउन्ड चलाउँदा पनि हप्तामा मात्र २ दिन मात्र पालो आउँछ । तर सबैजना आउँदैछन् । यस्तोमा अरुको पालोमा पनि चलाउन पाइन्छ,’ उनले भने ।

null 

पहिलेको तुलनामा डुंगा चलाउनेको आम्दानी बढेको छ । आम्दानीसँगै महंगी पनि बढेको सबिन बताउँछन् । पोखरा आउने पर्यटक कोरोना महामारीपछि घटेका छन् । यसको असर डुंगा चालकलाई समेत परेको पाइएको छ ।  

‘कोरोनापछि एकपटक विदेशी पर्यटक आउने क्रममा घटेको थियो । त्यो बेला हामीलाई सामान्य हातमुख जोर्ने मुस्किल थियो । पोहोरदेखि पर्यटक अलि बढेका छन् । अहिले मासिक १५–२० हजार कमाइ हुन्छ,’ उनले थपे, ‘आउँदो वर्षमा झन् बढ्छन् कि भन्ने आशा छ ।’

तीनवर्ष भयो स्याङ्जा टक्सारका धनबहादुर परियारले फेवातालमा डुंगा चलाउन थालेको । विदेश गएर आएपछि उनले फेवातालमै काम गरिरहेका छन् । उनले पनि यही दैनिकीबाट परिवार पालिरहेका छन् ।

null

सिजनमा कमाइ भएपनि अफसिजनमा भने गाह्रो अवस्था रहेको उनले सुनाए । भाडाको चलाउनेलाई भन्दा आफ्नै डुंगा हुनेलाई सहज अवस्था रहेको उनको भनाइ छ । 

‘मान्छे धेरै आए भने आम्दानी पनि राम्रो हुन्छ । दिनमा पाँच–सात ट्रिप हानिन्छ । त्यो पनि आफ्नो डुंगा हुनेलाई त ठीकै हो । नहुनेलाई त गाह्रो हुन्छ अफसिजनमा,’ उनले भने । 

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x