×

९ लाख बढी नम्बरबाट आफूलाई मन परेको मोबाइल नम्बर छान्न सकिने

काठमाडाैं | असार ४, २०८१

तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला ? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँचमात्र दिँदैन बरु तपाईंको जीवनको कुनै महत्त्वपूर्ण दिन वा मीठो सम्झनाको प्रतिविम्ब पनि बन्छ । ग्राहकहरूको यही इच्छालाई परिपूर्ति गर्न एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ ।

अब, तपाईंले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैं बनाउन सक्नुहुन्छ । चाहे त्यो तपाईंको जन्मदिन होस्, आफ्नो सहयात्रीलाई पहिलोपटक भेटेको दिन होस्, तपाईंको सवारी साधनको नम्बर होस् वा अन्य कुनै महत्त्वपूर्ण मिति वा नम्बर अब तपाईंले त्यसलाई सधैंका लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरी सधैं अन रहन सक्नुहुन्छ ।


Advertisment

आफ्नो सम्बन्धहरूलाई अझै प्रगाढ बनाउँदै तपाईंले आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सक्नुहुन्छ ।


Advertisment

उदाहरणका लागि, श्रीमान्‌ले  अन्तिमको ६ अंक xxx९४० भएको नम्बर लिन सक्छन् भने श्रीमतीले मिल्दोजुल्दो xxx९४१ नम्बर लिन सक्छन् ।

यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरू हुन्छ ।

विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफैं रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्छन् । ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्छन् ।

हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विशेषता हो । 

'मोबाइल नम्बर हाम्रो पहिचान बनि सकेको छ,' एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, 'आफूलाई जीवनभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं । ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्ने गरी परिवारजन र साथीभाइलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन् । यो एक सेवा मात्र नभई सम्बन्धहरूलाई थप प्रगाढ बनाउने माध्यम पनि हो ।'

यस योजनाअन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेका छन् ।

एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरु वितरण गर्नेछ । यो सिम एनसेलले हाल संचालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत रु ५९९ देखि रु १,४९९ सम्मको प्लानमा बन्डल सेवाका रूपमा उपलब्ध गराउने छ ।

सधैं अन योजनाका प्लानहरूअन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन् । *१२३# डायल गरेर ‘सधैं अन’ प्लानहरू सुचारु गर्न सकिन्छ ।​​

बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरू मध्ये कुनै पनि सेन्टरमा गई लिन सक्नेछन् । काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ ।​​

बुकिङ गराएको नम्बर ७ दिन भित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सूचीबाट स्वतः हट्नेछ र सो नम्बर अरु ग्राहकले पनि लिन सक्नेछन् ।

एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना अन्तर्गत ग्राहकहरूले नम्बर मात्र रोज्ने मात्र नभई आफ्नो विशेष सम्झनाको एक नम्बर सधैं आफ्नो साथ बोक्ने सक्ने कम्पनीले जनाएको छ ।

जेठ १८, २०८१

विद्युतीय सवारी साधनहरूको क्षेत्रमा ग्लोबल लिडर बीवाईडी (विल्ड योर ड्रीम्स) ले नेपाली बजारमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको छ । कम्पनीले आफ्नो कोर टेक्नोलोजी, ब्लेड ब्याट्री र ई-प्ल्याटफर्म ३.० मार्फत उत्कृष्ट प्रद...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

जेठ २, २०८१

जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...

जेठ १०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x