×

लागुऔषधका लागि चोरी

अनौठो चोर: ताला लगाएको घर देख्नै नहुने, दिउँसै चोरेर राति युवतीसँग गेस्ट हाउसमा बास

काठमाडाैं | असार ६, २०८१

योजनाबद्ध चोरी र डकैतीसम्बन्धमा अनुसन्धान गर्ने क्रममा प्रहरीमा एउटा गम्भीर घटनाको उजुरी आयो । घटना थियो– गएको जेठ २७ गते टोखास्थित श्रीटोलमा पुष्पा पौडेलको घरमा भएको चोरी ।

चोरले सुनचाँदीका गरगहना, ल्यापटप, मोबाइललगायत करिब २५ लाख ८० हजार मूल्य बराबरका सामान चोरी गरेको थियो । लगत्तै पौडेल उजुरी लिएर प्रहरी वृत्त महाराजगञ्ज पुगिन् ।


Advertisment

त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको अनुसन्धान शुरू गर्‍यो । अनुसन्धानका क्रममा पक्राउ परे बैतडीका निराजन महरा । 


Advertisment

महरालाई नियन्त्रणमा लिँदा उनी लागुऔषधको नशामा थिए । महरासँगै काभ्रेकी मनिका लामा पनि थिइन् । लामा पनि नशामै भेटिइन् ।

सोधपुछका क्रममा खुल्यो– ताला लगाएको देखेपछि उनी त्यसलाई फोरेर पौडेलको कोठामा छिरेका रहेछन् ।

अचम्म त तीन तल्ले घरमा भुइँतल्ला र माथिल्लो तल्लामा मानिसको चहलपहल हुँदाहुँदै महराले बीचको तल्लामा रहेको कोठाको ताला फलामे रडको सहाराले तोडेका थिए ।

महरा र लामालाई दिनकै गोटी (लागुपदार्थ) खाने बानी परेको थियो । उनीहरूले पौडेलको घरबाट चोरी गरेका समान भारतको मोतिहारी घर भई काठमाडौंको ओमबहाल बस्ने सेफ अली आलमलाई बिक्री गर्दै आएका थिए । 

आलमलाई चोरीको समान बुझाएपछि उनले मूल्य कायम गरेर दिनकै ५ देखि ७ हजार रुपैयाँ महरालाई दिँदै आएका थिए । महरासँगै प्रहरीले आलमलाई पनि पक्राउ गरेको छ ।

बयानका क्रममा आलमले महराबाट लिएको सुन भारतको पश्चिमबंगाल हावडा घर भई काठमाडौंको संकटा बस्ने सुजितकुमार करलाई बिक्री गर्दै आएको तथ्य खुल्यो । प्रहरीले करलाई नियन्त्रणमा लिँदा उनले सुन गालिसकेका थिए । 

अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार महरा र लामा कलंकीस्थित 'कलंकी मेची गेस्ट हाउस'मा बस्दै आएका थिए ।

चोरीमा संलग्न व्यक्ति निराजन र मनिका

‘महरा दिउँसो भाडामा लगाएका घरहरूमा छिर्ने र ताला लगाएको कोठा देखेपछि फोरेर गरगहना, पैसा, ल्यापटपलगायत तुरुन्त बिक्री हुने समान लिएर भाग्ने गरेको देखियो,’ एसपी जिसीले भने, ‘लामा भने मतियारको रूपमा कोठाबाहिर रेकी गरेर बस्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’ 

अनुसन्धान कार्यालयको चोरी पिलर हेर्ने एक अनुसन्धान अधिकृतका अनुसार लागुऔषध सेवनकै क्रममा महराको भेट लामासँग भएको थियो । दुवैले पहिलेदेखि नै लागुऔषध सेवनका लागि चोरी गर्दै आएका थिए ।

प्रहरीले आलमको कोठाबाट एउटा ल्यापटप बरामद गरेको थियो । ल्यापटप खोलेर हेर्दा मनिष पौडेलको नाममा रहेको पत्ता लाग्यो । प्रहरीले ल्यापटबाटै कलंकी बस्ने मनिसको नम्बर पत्ता लगाएर फोन गर्दा उनी अकमक्किए । भाइलाई सोधेर बताउँछु भने । भाइले चलाउँदै आएको उक्त ल्यापटप चोरी भएको उनीहरूले थाहा पाएका रहेनछन् ।

अर्को रोचक तथ्य के भने महरालाई सामानहरू कुन कहाँबाट चोरेर ल्याएको भन्ने पत्तो समेत नहुने रहेछ ।

चोरिएका सामग्रीहरू

‘हामी दुवै (मनिकासहित) चोर्न जान्थ्यौं, चोरी गरेर आएपछि समान आलमलाई दिन्थ्यौं, उसले खटाएर पैसा दिन्थ्यो,’ बयानका क्रममा उनले बताएको कुरा उल्लेख गर्दै एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘बिहानैदेखि गोटी खाएपछि चोरी गर्न आनन्द आउँथ्यो ।’ 

महारजगञ्ज बस्ने विशेष प्याकुरेलको डेराबाट पनि महरा र लामाले सुनका गरगहना र ल्यापटप चोरी गरेका थिए । प्याकुरेल बाहिर गएका बेला ढोकामा लगाएको ताला फोरेर चोरी गरेको प्याकुरेलले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् । 

‘महरा र लामा पटके चोर हुन्, उनीहरूले लागुऔषध सेवन गर्नकै लागि चोरी गर्ने गरेको बुझियो,’ एसपी जिसीले भने, ‘अन्य ठाउँमा पनि चोरी भएको छ । उनीहरूको थप संलग्नताबारे अनुसन्धान गर्दैछौं ।’ 

अनुसन्धान कार्यालयले पीडित चारैजनाबाट जाहेरी लिएर महरा र लामासँगै सामान खरिद गर्ने र सुन गाल्ने गरी ४ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला परिसर काठमाडौंमा पठाएको जानकारी एसपी जिसीले दिए । 

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x