१२ साउन २०८३, मंगलबार

बाढीपहिरोबाट अहिलेसम्म ८० जनाको मृत्यु, ५ बेपत्ता

असार २५, २०८१
काठमाडौं
बाढीपहिरोबाट अहिलेसम्म ८० जनाको मृत्यु, ५ बेपत्ता

अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्‌बाट आजसम्म ८० जनाको मृत्यु भएको छ ।

गत जेठ २८ देखि हालसम्म काठमाडौं उपत्यकामा एक, कोशीमा १९, मधेशमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ​

मौसमजन्य विपद्‌मा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विपद्‌मा फसेका ५३ जनाको उद्धार गरिएको छ । 

बाढीका कारण एक सय ६१ घर डुबानमा परेका छन् । एक सय ३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार सात सय ६४ घर परिवार विस्थापित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्