
हास्य कलाकार हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
उनी ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रका लागि विराटनगर पुगेका आचार्यको नाकबाट रगत बगेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।
विराटनगरको हिमगिरि हाइजिङको ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रमा हस्ताक्षर गर्न महजोडी विराटनगर आएका हुन् ।
मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर आएका थिए । उनको अहिले विराट नर्सिङ होम विराटनगरमा उनको उपचार भइरहेको छ ।
महजोडी शनिबार विराटनगरमै बसेका थिए ।
आइतबार बिहान काठमाडौं फर्कन लागेका बेला नाकबाट रगत बगेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हिमगिरिका डाइरेक्टर प्रकाश मुन्दडाले बताए ।
आचार्यको अवस्था सामान्य रहेको उनले बताए ।
कलाकार आचार्यलाई भेट्न कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि अस्पताल पुगेका थिए ।