
एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशतबाट शुरू हुने आकर्षक फ्लोटिंग ब्याजदर घोषणा गरेको छ ।
एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्ने बैंकले जनाएको छ ।
जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार-चढावबाट फाइदा लिन सक्नेछन् ।
'घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो, यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध छ,' बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १८७ एटीएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।