केही समय पहिले चर्चित र्यापर यमबुद्धसँग अन्तर्वार्ता लिनका लागि लोकान्तरले कुरा गरेको थियो । त्यसक्रममा यमबुद्धले आफू बेलायतमा रहँदै आएको र नेपाल आएको बेलामा कुरा गर्ने बताएका थिए ।
त्यसपछि उनीसँग कुरा भएन ।
यमबुद्ध नेपाल आउलान्, भेट होला र, त्यसपछि उनको अन्तर्वार्ताको समय पाइएला भन्ने आशा थियो । तर, त्यो पूरा हुन पाएन ।
शनिवार दिउँसोदेखि नै यमबुद्धले आत्महत्या गरेको खबरले सामाजिक सञ्जाल भरिएको थियो । कसैले हल्ला हो भनेका थिए । अन्ततः उनको मृत्युको खबर उनको परिवारले पुष्टि ग¥यो ।
युवा पुस्तामाझ लोकप्रिय अनिल अधिकारी (यमबुद्ध) का थुप्रै गीत हिट छन् । उनले आफ्नो पहुँचलाई विदेशी गीतसम्म पुर्याएका थिए । नेपाली चलचित्र श्री ५ अम्बरेमा समेत उनले ¥याप गाएका थिए ।
फेसबुक तथा ट्वीटरमा लाखौं फ्यानले उनलाई पछ्याएका छन् । उनको साथी, आमा लगायतका गीतहरु चर्चामा थिए ।
भारतीय र्यापर इराजसँग मिलेर उनले नाचना बोलको गीत पनि र्याप गाएका थिए ।सन् १९८७ मा धनकुटामा जन्मिएका यमबद्ध काठमाडौंमा थिए । केही समयदेखि आफ्नी श्रीमतीसँग लण्डनमा बस्दै आएका यमबुद्ध शनिवार बाथरुममा मृत भेटिए । सामाजिक सञ्जालमा लाखौं श्रोताले सामाजिक सञ्जालमार्फत उनलाई सद्धाञ्जली व्यक्त गरेका छन् ।