२८ असार २०८३, आइतबार
मौद्रिक नीतिको प्रभाव

सेयर मार्केटमा दोस्रोपटक पोजिटिभ सर्किट, ४० मिनेटका लागि बजार बन्द

साउन १३, २०८१
काठमाडौं
सेयर मार्केटमा दोस्रोपटक पोजिटिभ सर्किट, ४० मिनेटका लागि बजार बन्द

सरकारले मौद्रिक नीति ल्याएपछिको पहिलो कारोबारमा नेप्सेमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ ।

आइतबार बजार खुलेलगत्तै नेप्से सूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेपछि २० मिनेटका लागि बन्द भएको थियो ।

दोस्रोपटक खुल्नेबित्तिकै ११ बजेर २२ मिनेट १२ सेकेन्डमा नेप्से सूचक ५ प्रतिशतले बढेपछि शेयर कारोबार थप ४० मिनेटका लागि बन्द भएको छ ।

सेयर कारोबार भएको पहिलो घण्टा नै ४ प्रतिशत सेयर घटबड भए सर्किट लाग्ने व्यवस्था छ ।

सरकारले शुक्रबार मौद्रिक ल्याएपछि आइतबार कारोबार शुरू भएको १ मिनेट ३३ सेकेण्डमै पहिलो सर्किट लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्