
त्रिभुवन विश्वविद्यालय (त्रिवि) सिनेटको बैठक मंगलवार बसेको छ ।
आगामी दीक्षान्त समारोहका लागि ग्रेस लिस्टमा परेका विद्यार्थीको सूची पारित गर्नका लागि बैठक बसेको त्रिविले जनाएको छ ।

बैठकमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य पदाधिकारी उपस्थित छन् । उनीहरूले गाउन र टोपी लगाएको देख्न सकिन्छ ।
त्रिविकाे आगामी दीक्षान्त समारोह पुसमा आयोजना गर्ने तयारी भइरहेको छ ।