२१ असार २०८३, आइतबार

कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर, ४५० जनाले लिए सेवा

साउन १९, २०८१
काठमाडौं
कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर, ४५० जनाले लिए सेवा

स्व वक्तावारीदेवी गोयल कल्याणकारी कोषले कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाको समन्वयमा शनिवार एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

null

उक्त स्वास्थ्य शिविर कृष्णनगरमा रहेको लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा बिहान ९ः३० बजेदेखि शुरू भएको थियो । जहाँ कृष्णनगरलगायत आसपासबाट आएका करिब ४५० जनाले स्वास्थ्य जाँच गराएका थिए ।

null

शिविरमा जेनरल मेडिसिन, महिलासम्बन्धी रोग, हाडजोर्नी तथा नसारोग, बालरोग, नाक, कान, घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण, दाँत तथा गिजारोग, ईसीजी, छाला तथा यौनरोगलगायत समस्याको निःशुल्क जाँच गरिएको थियो । साथै निःशुल्क औषधि वितरणसमेत गरिएको कोषका अध्यक्ष विश्वनाथ गोयलले जानकारी दिए । 

null

यस शिविरमा उपस्थित भएर नाम लेखाएका तथा जाँच गराएका सेवाग्राहीका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले भदौ १७ गतेसम्म विशेष छुट तथा सहुलियत दरमा उपचारसमेत गर्ने उनले बताए ।

null 

यसअघिसमेत निःशुल्क स्वास्थ्य शिविर, राहत वितरण, शैक्षिक सामग्री वितरण, बृक्षारोपणलगायत विभिन्न सामाजिक कार्य गर्दै आइरहेको स्व बक्तावरीदेवी गोयल कल्याणकारी कोष गैरनाफामुलक सामाजिक संस्था हो ।

salt training

कमेन्ट गर्नुहोस्