२९ असार २०८३, सोमबार

देशभर बढे डेङ्गु र हैजाका बिरामी

साउन २६, २०८१
काठमाडौं
देशभर बढे डेङ्गु र हैजाका बिरामी
फाइल फोटो

पछिल्लो समय डेङ्गु र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ ।

चार दिनयता सात सय २२ जना डेङ्गु सङ्क्रमित थपिएका हुन् । यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेङ्गु पुष्टि भएको थियो ।

 यो सङ्ख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गु सङ्क्रमण फैलिएको छ ।

सबभन्दा बढी डेङ्गु तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ ।

काठमाडौं जिल्लामा तीन सय सात, कास्कीमा एक सय ६६ र झापा एक सय ३५ जना डेङ्गु सङ्क्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयले डेङ्गुे सङ्क्रमितको सङ्ख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

सरकारी अस्पतालमा डेङ्गु रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । ​

४७ मा हैजा पुष्टि

यस्तै महाशाखाका अनुसार हैजाका बिरामीको सङ्ख्या ४७ पुगेका छ ।​

किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले ललितपुर, काठमाडौं, प्युठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताए ।

उनका अनुसार ललितपुरमा ३४, काठमाडौंमा दुई, कैलालीमा आठ, प्युठानमा दुई  र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्