![ललितपुरको बोझेपोखरी-इमाडोल सडक भासियो [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/imadol_road_1_URfIVPFxRF.jpg)
ललितपुरको महालक्ष्मी नगरपालिका- ३ बोझे पोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेको हो ।
बुधबार बिहान सडक भासिएपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार करिब ३ मिटर सडक भासिएको छ ।
उक्त सडक ललितपुरबाट काठमाडौं जोड्ने व्यस्त सडक हो । उक्त सडक अहिले पूर्णरूपमा बन्द रहेको छ।
यसअघि गत साता काठमाडौं महानगरपालिकाको कार्यालय नजिकैको सडकमा पनि भ्वाङ परेको थियो ।
महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको थियो ।

