![शिल्पकलाले भरिपूर्ण नुवाकोट [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/nuwakot_8_CFuEaiNI1X.jpg)
शहरको कोलाहाल, धूँवा-धुलो र धपेडीबाट मुक्त हुन उपयुक्त गन्तव्य हो नुवाकोट । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको नुवाकोट काठमाडौंसँगै जोडिएको स्वच्छ वातावरणमा रमाउन उपयुक्त ठाउँ हो ।

नुवाकोटको साततले दरबार क्षेत्र, जसले देशको अनुपन शिल्पकलाको प्रतिनिधित्व गरेको छ। इतिहास हेर्ने हो भने कुनै बेला काठमाडौंभन्दा शक्तिशाली थियो नुवाकोट । यो पृथ्वीनारायणले बाइसे-चौबिसे राज्यलाई एकीकरण गर्नुअघिको कुरा हो ।

तर, विडम्बना प्राचिन हस्तशिल्पले खिपिएका संरचना अहिले भने सग्लो छैनन् । गोरखा भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारसहित धार्मिक, सांस्कृतिक तथा पुरातात्विक आठ वटा संरचनाको पुनःनिर्माण सकिएको छैन ।

चीनले पुनःनिर्माणको जिम्मेवारी लिएको आठ वटा संरचनामा साततले दरबारसहित तलेजु भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रंगमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी (दरबार) रहेका छन् ।





