२३ जेठ २०८३, शनिबार

तहल्का पिट्दै विष्णु माझीको तीज गीत, एक दिनमै बनायो रेकर्ड

भदौ ९, २०८१
काठमाडौं
तहल्का पिट्दै विष्णु माझीको तीज गीत, एक दिनमै बनायो रेकर्ड

चर्चित गायिका विष्णु माझीको बहुप्रतिक्षीत तीज गीत ‘आइन आमा यो तीजमा’ले एक दिनमै रेकर्ड बनाएको छ । शनिवार युट्युबमार्फत रिलिज गरिएको गीत एक दिनमै १५ लाखभन्दा बढीले हेरिसकेका छन् । 

आइतवार मध्यान्हसम्म माझीको गीत झण्डै १७ लाखले हेरेका छन् । ‘पुतलीको भट्टी’ श्रृङ्खलाको २० औं भागको रूपमा आएको गीतमा एक दिनमै झण्डै १५ हजारले कमेन्ट गरेका छन् । 

नेपाली संगीतको कुनै गीत छोटो समयमै यति धेरैले हेरेको पहिलो भएको कलाकारहरू बताउँछन् ।

null

माझीका पति सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतको नृत्यमा ललिता पौडेलले अभिनय गरेकी छिन् । गीतमा खराब पतिका कारण एउटा महिलाले ब्यहोर्नुपरेको कष्ट उतारिएको छ । 

माझीको गीत आएपछि आफ्नो गीत छायाँमा पर्ने र प्रतिस्पर्धा गर्न नसक्ने भन्दै नवोदित कलाकारहरूले साउन महिनामै तीज गीत सार्वजनिक गरेका थिए । 

सार्वजनिक जीवनमा नदेखिएकी माझीले विगतमा गाएका गीतले पनि रेकर्ड बनाएका थिए । २०७८ सालमा आएको ‘चरी जेलै’मा भन्ने गीत ‘५३ मिलियन’ अर्थात् ५ करोड ३० लाख पटक हेरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्