
मोरङ अटो वर्क्स (एमएडब्ल्यू) अन्तर्गतको इन्भेस्टमेन्ट कम्पनीले गैरकानूनीरूपमा हायर पर्चेजको काम गरिरहेको खुलेको छ ।
अटो लोनका नाममा १३/१४ प्रतिशतसम्म ब्याज असुल्ने एमएडब्ल्यू इन्भेस्टमेन्ट कम्पनीले गाडी किन्नेलाई ऋण दिने भन्दै महँगो ब्याज उठाएर औद्योगिक व्यवसाय ऐन, २०७६ को खिल्ली उडाइरहेको हो ।
उक्त कम्पनीको काम राष्ट्र बैंकको नीतिगत व्यवस्थाविपरीत पनि छ ।
लोकान्तरले उक्त कम्पनीका प्रतिनिधि अनिकेश श्रेष्ठसँग तपाईंहरूले अटो लोनमा ब्याज कसरी लिनुहुन्छ भनेर प्रश्न गरेको थियो ।
उनले भनेका थिए, 'नर्मल्ली हामीले बेस रेटमा ४ प्रतिशत माथि राखेर ब्याज लिन्छौं, यो कहिले काहीँ घटबढ हुन सक्छ ।'
उनले नयाँ र पुराना दुवै गाडीलाई फाइनान्स गर्न मिल्ने र त्यो सुविधा आफूहरूले दिने दाबी गरे । कानूनी व्यवस्थाबारे आफू जानकार नरहेको उनको भनाइ थियो ।
इन्भेस्टमेन्ट कम्पनीका रूपमा स्थापित एमएडब्ल्यू इन्भेस्टमेन्टको वेबसाइटमा प्रस्टरूपमा दुई चक्के, चार चक्के, निर्माणमा प्रयोग हुने डोजरलगायत हेभी मशिनरी सामानमा ऋण दिइने उल्लेख छ ।
नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवालको वेबसाइटमा पनि उक्त इन्भेस्टमेन्ट कम्पनीको अध्यक्ष उनै भएको उल्लेख छ ।
हेर्नुहोस् वेबसाइट :
औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसूची- ८ को क्रमसंख्या ६५ मा उल्लेखित लगानी (इन्भेस्टमेन्ट) कम्पनी स्थापना गर्न पालना गर्नुपर्ने विषय तथा शर्तसम्बन्धी सूचना नै राजपत्रमा प्रकाशित गरेर सरकारले त्यस्ता कम्पनीहरूले ऋण दिन नपाउने उल्लेख गरेको छ ।
२०७९ को फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाको दफा ४ को (ग) मा भनिएको छ- 'इन्भेस्टमेन्ट कम्पनीले नेपालमा शेयर पूँजीको रूपमा मात्र लगानी गर्न पाउने र ऋण सुविधा, बोन्ड, डिबेन्चरमार्फत लगानी गर्न नपाउने ।'
हेर्नुहोस् सूचनाको अंश :
विष्णु अग्रवालले कम्पनी ऐन २०६३ को पनि धज्जी उडाएर अटो लोन दिने गरेका छन् । कम्पनी ऐन, २०६३ को दफा १२ ले वित्तीय कारोबार गर्ने कम्पनी पब्लिक लिमिटेड हुनुपर्ने व्यवस्था गरेको छ ।
तर, अग्रवालले प्राइभेट कम्पनीबाट नै वित्तीय कारोबार गर्ने गरेका छन् । मोरङ अटो वर्क्स आफैंमा प्राइभेट कम्पनी हो । एमएडब्ल्यू इन्भेस्टमेन्ट त्यही कम्पनीको भगिनी संस्था हो ।
ऐनको दफा १२ मा भनिएको छ- 'यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बैंकिङ कारोबार, वित्तीय कारोबार, बीमा व्यवसायसम्बन्धी कारोबार, धितोपत्र बजारसम्बन्धी व्यवसाय, निवृत्तिभरण कोष वा सामूहिक बचत कोष, पाँच करोडभन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा कम्पनी वा तोकिए बमोजिमको व्यवसाय वा कारोबार सञ्चालन गर्ने कम्पनी पब्लिक कम्पनीको रूपमा संस्थापना हुनुपर्नेछ ।'
हेर्नुहोस्, कानूनी व्यवस्था :
कर्पोरेट कानूनका ज्ञाता अधिवक्ता नवीन भण्डारीले इन्भेस्टमेन्ट कम्पनीले हायर पर्चेजको काम गर्नु आर्थिक अपराध भएको बताए ।
'इन्भेस्टमेन्ट र हायर पर्चेज अलग-अलग उद्देश्यले स्थापना भएका कम्पनी हुन् । इन्भेस्टमेन्ट कम्पनीले अटोलोन दिनु गैर-कानूनी मात्र होइन, आर्थिक अपराध पनि हो ।'
नेपाल राष्ट्र बैंकले १० वटा कम्पनीलाई मात्र हायर पर्चेज गर्ने अनुमति दिइएको जनाएको छ । त्यसमा अग्नि हायर पर्चेज, मनोकामना हायर पर्चेज, सिप्रदी हायर पर्चेजलगायत छन् ।
एमएडब्ल्यूले हायर पर्चेजको लाइसेन्स पाएको छ कि ? भन्ने प्रश्नमा राष्ट्र बैंकका एक निर्देशकले भने, 'एमएडब्ल्यूले अहिलेसम्म हायर पर्चेजको लाइसेन्स लिएको मलाई थाहा छैन ।'
एमएडब्ल्यूको वेबसाइटमा उक्त कम्पनी हायर पर्चेज नभएर इन्भेस्टमेन्ट कम्पनी रहेको उल्लेख छ ।
मोरङ अटो वर्क्स (एमएडब्ल्यू)अन्तर्गतको वृद्धि अटोकर्पले चिनियाँ विद्युतीय कार निर्माता कम्पनी चाङ्गन मोटर्सबाट ल्याएको डीपल ब्राण्डको ईभी किस्ताबन्दीमा ७ वर्षका लागि जम्मा ६ दशमलव ९९ प्रतिशत ब्याजमा दिने अफर सार्वजनिक गरेको छ ।
अग्रवालले एकातिर इन्भेस्टमेन्ट कम्पनीमार्फत १३/१४ प्रतिशत ब्याजमा ऋण दिएर आर्थिक अपराध गरेका छन् भने अर्कातर्फ उनी नै डीलर भएको कारका लागि बैंकबाट किस्ताबन्दीमा ६/७ प्रतिशत मात्र ब्याज लिने स्कीम सार्वजनिक गरेका छन् ।
अन्य बैंकहरूबाट आफैंले बेच्ने गाडीको किस्ताबन्दीमा ७ प्रतिशत ब्याज दिलाउने अग्रवालले आफ्नो गैर-कानूनी कम्पनीबाट भने उपभोक्तालाई १३/१४ प्रतिशत ब्याज ठोक्ने गरेका छन् ।
इन्भेस्टमेन्ट कम्पनीले ऋण दिन पाउँछ त भन्ने प्रश्नमा उक्त कम्पनीका एक प्रतिनिधिले आफूहरूले त्यो अनुमति लिएको र कुनै समस्या नरहेको दाबी गरे ।
'कहाँ-कहाँबाट हामीले अनुमति लिनुपर्छ, त्यो लिएका छौं । अहिलेसम्म कुनै समस्या भएको छैन । हामी आफैं पनि विभिन्न ब्रान्डका डिलर हौं । प्राय: सबै गाडी बेच्दा ग्राहकले यहीँबाट फाइनान्स गराइरहनुभएको छ ।'
ठगीको साम्राज्य
अग्रवालको स्वामित्वमा रहेको एमएडब्ल्यू कम्पनीका दर्जन बढी भगिनी कम्पनी छन् ।
अग्रवालले एमएडब्ल्यू इन्भेस्टमेन्टदेखि निर्माणमा प्रयोग हुने हेभी सामग्री जेसीबी, फोटोन, स्कोडा र जीप गाडी, एचपी नामको इन्जिन आयल, यामाहा, चेक गणतन्त्रमा उत्पादन हुने एलईटी जहाजसमेतको आधिकारिक बिक्रेताको लाइसेन्स लिएर राखेका छन् ।
यसअघि उनको कम्पनीले २ करोड ७० लाख भन्दा बढी नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगेको खुलेको थियो ।
हेर्नुहोस्, उनको धन्दाबारे लोकान्तरले लेखेका अन्य समाचारहरू :
नेपाली उपभोक्ताको ढाड सेक्दै विष्णु अग्रवाल : यामाहा बाइकमा दोब्बरसम्म लूट !
टेस्लाको लोगोसँग मिल्ने चाइनिज गाडी 'डीपल' : वास्तविक मूल्यभन्दा दोब्बर असुल्छन् विष्णु अग्रवाल
सोह्रखुट्टेको उकालो नतानेपछि फिर्ता भए सेरेसका ईभी– सस्तो भनेर उपभोक्ता ठगी
डीपल ईभीमा कर छली: चीनमा बनेको १६० किलोवाटको मोटर भन्सारसम्म आउँदा ९९