![एक महिने गुँला पर्व सकियो [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/gula_parba_1_oxwPr1HgJg.jpg)
नेवारी समुदायको विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजबाट सकिएको छ ।

साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सकिएको हो ।
एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महिनासम्म व्रतालुले नुन नखाई एक छाकमात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजा अर्चना गर्ने प्रचलन छ ।
अन्तिम दिन स्वयम्भू महाँचैत्यमा बाजागाजासहित आएका नेवार समुदायका मानिस :






