
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाउने भएका छन् ।
बैंक र बुद्ध एयरबीच भएको सम्झौताअनुसार बैंकका सेवाग्राहीले टिकट खरिद गर्दा ८ प्रतिशत छुट पाउने बैंके जनाएको छ ।
यो सुविधा एनआईएमबीका ग्राहकवर्गका साथै उनीहरूको परिवार (बुवा, आमा, श्रीमती, छोरा/छोरी)ले पनि प्राप्त गर्न सक्नेछन् ।
सम्झौता अनुसार, टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा NIMB Smart एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
यो सम्झौताबाट एनआईएमबीका ग्राहकवर्ग प्रत्यक्षरूपमा लाभान्वित हुने बैंकको विश्वास छ ।
गुणस्तर बैंकिङ सेवाका साथसाथै एनआईएमबीले अस्पताल, रेस्टुरेन्ट, शपिङ मललगायतका दर्जनौं विभिन्न सेवामूलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकवर्गलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ ।