१२ साउन २०८३, मंगलबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा आकर्षक छुट

भदौ २५, २०८१
काठमाडौं
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा आकर्षक छुट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाउने भएका छन् ।

बैंक र बुद्ध एयरबीच भएको सम्झौताअनुसार ​बैंकका सेवाग्राहीले टिकट खरिद गर्दा ८ प्रतिशत छुट पाउने बैंके जनाएको छ ।​ 

यो सुविधा ​एनआईएमबीका ग्राहकवर्गका साथै उनीहरूको परिवार (बुवा, आमा, श्रीमती, छोरा/छोरी)ले पनि प्राप्त गर्न सक्नेछन् । 

सम्झौता अनुसार, टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा NIMB Smart​ एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो सम्झौताबाट एनआईएमबीका ग्राहकवर्ग प्रत्यक्षरूपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

गुणस्तर बैंकिङ सेवाका साथसाथै एनआईएमबीले अस्पताल, रेस्टुरेन्ट, शपिङ मललगायतका दर्जनौं विभिन्न सेवामूलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकवर्गलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्