
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि दोहोरो अङ्कले घटेको छ ।
साताको पहिलो कारोबारदेखि नै दोहोरो अङ्कले घटेको शेयर बजार आज पनि दोहोरो अङ्कले घटेर बन्द भएको हो ।
मङ्गलबार नेप्से परिसूचक १३.०९ अङ्कले घटेर २६३२.९४ को विन्दुमा अडिएको छ ।
यस दिन १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबारका भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै नेप्से परिसूचक ५८.८६ अङ्कले घटेर २६४६.०३ को विन्दुमा अडिएको थियो । जहाँ २ करोड ९ लाख १७ हजार ९८२ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ३६ करोड ९८ लाख ३५ हजार रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, आइतबार पनि नेप्से परिसूचक २५.४६ अङ्कले घटेर २७०१.९० को विन्दुमा अडिएको थियो ।
यस दिन बजारमा २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयरको खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो ।
गत साताको अन्ति कारोबारका दिन देखि निरन्तर ओरालो झरिरहेको शेयर बजारमा कारोबार रकम पनि खुम्चिँदै गएको छ ।
आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
कारोबारका आधारमा हाइड्रो इलेक्ट्रिसीटी इनभेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी २९ करोड ८१ लाख ५४ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।