२७ जेठ २०८३, बुधबार

ब्रिटिस कलेज र ई-वर्कस्‌बीच साझेदारी

भदौ २६, २०८१
काठमाडौं
ब्रिटिस कलेज र ई-वर्कस्‌बीच साझेदारी

ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ग्लोबल आईटी कम्पनी ई–वर्कस्‌सँग साझेदारी गरेको छ ।

अध्ययनरत र पूर्व विद्यार्थीहरूको ज्ञानको दायरलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ साझेदारी गरिएको टीबीसीले जनाएको छ ।

ई–वर्कस्‌ले सफ्टवेयर डेभलपमेन्ट, डेटा–ड्रिभन डिजिटल मार्केटिङ र क्रियटिभ डिजाइनका सेवा प्रदान गर्दै आइरहेको छ । नवीन र उत्कृष्टता सेवा प्रदान गर्दै आइरहेको ई–वर्कस् विश्वभरका सेवाग्राहीहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्ने संस्था हो ।

बेलायतको लण्डनमा स्थापना भएको ई–वर्कस्‌ले नेपालमा पनि शाखा विस्तार गरेसँगै ब्रिटिस कलेजले विद्यार्थीहरूलाई ग्लोबल एक्सपोजर दिनको लागि साझेदारीको घोषणा गरेको हो ।

ई–वर्कस्‌को कुल कर्मचारीमध्ये २० प्रतिशत ब्रिटिस कलेजका ग्राजुयटहरू हुन् । क्षमतावान् भएकै कारण विद्यार्थीहरूले यो अवसर प्राप्त गरेका हुन् ।

साझेदारीसँगै कलेजका विद्यार्थीहरूले ई–वर्कस्‌मा इन्टर्नसिप गर्ने मौका समेत पाउनेछन् । यस अवसरले शैक्षिक क्षेत्रको उत्पादन र उद्योगको आवश्यकताबीचको ग्यापलाई पूरा गर्न पुग्ने कलेजको विश्वास छ ।

‘यो साझेदारी हामीले गरेका प्रतिबद्धताहरू पूरा गर्न मात्र नभई विद्यार्थीहरूको भविष्य उज्वल बनाउनका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ,’ कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले भने, ‘हाम्रो शैक्षिक उत्कृष्टतालाई अझै बढावा दिन ई–वर्कस्जस्ता कम्पनीहरूसँग सहकार्य गरेर सूचना प्रविधिको क्षेत्र र अर्थतन्त्रका लागि फाइदा पुग्ने गतिविधिहरू हामीले सञ्चालन गरिरहेका छौं ।’

त्यस्तै, अमेरिकामा पनि शाखा कार्यालय रहेको ई–वर्कस्का सीईओ जोन पार्कले भने, ‘ब्रिटिस कलेजका ग्राजुयटहरूसँग काम गरिरहँदाको अनुभव राम्रो भइरहेको छ । यस औपचारिक साझेदारीले कलेजसँगको सम्बन्धलाई अझै गहिरो बनाउन र भविष्यका आईटी क्षेत्रका प्रतिभाहरूलाई अवसर प्रदान गर्ने बाटो खुलेको छ । हामी विश्वमा प्रचलित नवप्रवर्तन र नयाँ दृष्टिकोणबारे विद्यार्थीहरूले राख्ने धारणा बुझ्न उत्साहित छौं ।’

ब्रिटिस कलेजले ७० भन्दा बढी अग्रणी फिनटेक कम्पनीहरूसँग पार्टनरशिप गरेको छ ।

जसबाट विद्यार्थीहरूले नेपाल तथा विदेशमा प्लेसमेन्टको अवसरहरू प्राप्त गरेका छन् । ई–वर्कस्मा पनि विद्यार्थीहरूले इन्टर्नसिप शुरू गरिसकेका छन् । 

पछिल्लो तथ्यांकअनुसार नेपालमा सूचना–प्रविधि क्षेत्रले वार्षिक २ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दा १ खर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ ।

नेपाल सरकारले पनि सूचना प्रविधिको क्षेत्रलाई बढावा दिइरहेको बेला यस्ता सहकार्यले विशेष योगदान पुर्‍याउने ब्रिटिस कलेजको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्