![... अन्यथा, बालेन नै प्रधानमन्त्री भए पनि केही गर्न सक्दैनन्– ज्ञानेन्द्र शाही [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Gyanendra_Shah_6CzNWWkahI.png)
भ्रष्टाचारविरोधी अभियानमार्फत राजनीतिमा होमिएका ज्ञानेन्द्र शाही संसद्मा सशक्त बोल्ने सांसदको रूपमा परिचित छन् ।
प्रमुख दलको कार्यशैली, अनियमितता र भ्रष्टाचारबारे उनले संसद्मा जोडदार आवाज उठाउँदै आएका छन् ।
पछिल्लोपटक उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थामा जानुपर्ने माग संसदभित्र र बाहिर पनि राख्दै आएका छन् ।
राप्रपा संसदीय दलको प्रमुख सचेतक समेत रहेका सांसद शाही अहिलेकै व्यवस्थाअनुसार प्रधानमन्त्री बने हाल काठमाडौंको मेयर रहेका बालेन शाहले पनि केही गर्न नसक्ने ठोकुवा गर्छन् । जनताको जीवनस्तरमा सुधार गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय पद्धति एवं गैरसांसद मन्त्री बन्ने व्यवस्थामा जानुपर्ने शाहीको तर्क छ ।
अन्य दलका नेताको आलोचना गर्ने तपाईं प्रधानमन्त्री भए देशमा के काम गर्नुहुन्थ्यो ? भन्नेलगायत प्रश्नमा शाहीसँग गरिएको विस्तृत अन्तर्वार्ता हेर्नुहोस्, भिडियोमा :