
सिद्धार्थ बैंक लिमिटेडले अमरसिंह माध्यमिक विद्यालय, कास्कीको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको समुद्घाटन गर्दै हस्तान्तरण गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया र विद्यालयका अध्यक्ष कृष्णप्रसाद कोइरालाले संयुक्तरूपमा उक्त हलको समुद्घाटन गरेका हुन् ।
उक्त हल निर्माणका साथै बैंकले विद्यालयलाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरू जस्तै सोलार, यूपीएस र ब्याट्री पनि प्रदान गरेको छ ।

यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पूरा गर्दै उनीहरूको आत्मविश्वासमा पनि वृद्धि हुने बैंकको विश्वास छ ।
विद्यालयलाई प्रदान गरिएका कम्प्युटरमार्फत विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा पोख्त बनाउन, शैक्षिक सामग्री अनलाइनमार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन मद्दत पुर्याउने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो स्थापनाकालबाट नै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ ।
आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ ।