२२ जेठ २०८३, शुक्रबार
कांग्रेसमा उत्तराधिकारी होड

देउवालाई खुसी पार्न चुपचाप प्रतिस्पर्धा !

असोज १०, २०८१
काठमाडौं
देउवालाई खुसी पार्न चुपचाप प्रतिस्पर्धा !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एउटै बोलीले संस्थापनइतर पक्ष उत्साहित भएको छ । १४औं महाधिवेशनयता सभापति देउवाका हरेक क्रियाकलापमा अस्वाभाविक मौनता साधेको इतर पक्षलाई देउवाको एकै बोलीले उत्साहित तुल्याएको हो । 

कांग्रेसका पुराना, अनुभवी, सबैभन्दा सिनियर नेता देउवाले ‘मेरो बेला भयो अब बिदा लिन्छु’ भनेपछि इतर पक्ष औधी खुसी भएको हो । २७ भदौमा देउवाले ‘मेरो एज गयो, हरेक कारणले रिटायरमेन्टको बेला भयो’ भयो भनेका थिए । 

देउवाको उक्त बोलीसँगै अब नेतृत्वमा सबैभन्दा पुराना नेताको दाबेदारी नहुने स्पष्ट गरेको छ । पुनः पार्टी नेतृत्वमा नदोहोरिने देउवाको संकेतपछि अब उनलाई जसले खुसी पार्न सक्छ, उसैले नेतृत्वको विरासत हत्याउँछ भन्ने भाष्य निर्माण हुँदै गएको छ । देउवालाई खुसी पार्न इतर पक्षको पछिल्लो साढे दुई वर्षको मौनता अहिले उत्साहमा परिणत हुँदै गएको कांग्रेसकै नेताहरू बताउँछन् । 

‘कांग्रेसमा कुनै समय सिनियर नेतामध्येबाट नेतृत्वको विकल्प थियो । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र १५औं महाधिवेशनमा देउवाले दाबेदारी नगर्ने बताएपछि दोस्रो र तेस्रो तहका नेताले आफ्नो लागि बाटो खुलेको देखेका छन्,’ कांग्रेसका एक नेता भन्छन्, ‘अब देउवा अघि बढ्दैनन् भन्ने त गत महाधिवेशदेखि नै थियो । तर, देउवाले नै अब बिदा लिन्छु भनेपछि दाबेदारहरूको मौनता खुसीमा परिणत भएको हो । सभापतिलाई खुसी पार्न र उनको मन जित्न दाबेदारले अझै बढी प्रयत्न लगाउने पक्का छ । अब झन् देउवाका प्रशंसामा उनीहरूले समय खर्चिए झन् अनौठो नमाने हुन्छ ।’ 

कांग्रेस नेता डा. मीनेन्द्र रिजाल संगठन निर्माण गरौं भन्न देउवाले अब मेरो उमेर भयो भनेको हुनसक्ने बताउँछन् । ‘जहिले महाधिवेशन भए पनि देउवाजीलाई सभापति बन्न मिल्ने होइन,’ रिजाल भन्छन्, ‘त्योभन्दा अगाडि परिवर्तन हुने पनि होइन । अरूको आशा हुन सक्छ तर, सभापतिले महाविधेशनसम्म संगठन निर्माण गरौं भन्न त्यसरी बोलेको हुनसक्छ ।’ 

देउवाले पार्टीको चिन्ता आफूले भन्दा अब दाबेदारले लिनुपर्नेगरी बोलेका छन् । ‘पार्टीको चिन्ता मलाई पनि छ । तर, भोलि आउने नेताले मैलेभन्दा बढी चिन्ता गर्नुपर्छ,’ उनले भनेका थिए ।

लगातार दुईपटक कांग्रेसको नेतृत्व गरेका देउवाले अब दाबेदारी नगर्ने भएपछि नेतृत्वका आकांक्षी उत्साहित बनेका हुन् । देउवाले दाबेदारी नगर्दा आफ्नो बाटो खुल्ने देखेर आकांक्षीहरू खुसी भएका हुन् । यसैले सभापतिका बलिया आकांक्षीले देउवालाई नचिढ्याउने बरु खुसी पार्ने नीति लिएको ती नेता बताउँछन् । 

१५औं महाधिवेशनमा संस्थापन इतर पक्षबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापा सभापतिका मुख्य दाबेदार हुन् । अहिले दुवै नेता देउवालाई नचिढ्याउने नीतिमा रहेको नेताहरू बताउँछन् । अर्का दाबेदार डा. शशांक कोइराला त देउवाले आफूलाई नै कांग्रेसको विरासत बिसाउनेमा ढुक्कजस्तै भएर बसेका छन् । 

सामान्यतया कांग्रेसमा संस्थापनसँग इतर पक्षले हरेक सवालमा भागबन्डा खोज्ने र हरेक निर्णयमा फरक मत राख्ने अभ्यास छ । तर, १४ औं महाधिवेशनयता इतर पक्षका नेताले त झन् देउवासँग अस्वाभाविक मौनता साँधेको एक नेता बताउँछन् । 

कांग्रेस नेता डा. मीनेन्द्र रिजाल संगठन निर्माण गरौं भन्न देउवाले अब मेरो उमेर भयो भनेको हुनसक्ने बताउँछन् । ‘जहिले महाधिवेशन भए पनि देउवाजीलाई सभापति बन्न मिल्ने होइन,’ रिजाल भन्छन्, ‘त्योभन्दा अगाडि परिवर्तन हुने पनि होइन । अरूको आशा हुन सक्छ तर, सभापतिले महाविधेशनसम्म संगठन निर्माण गरौं भन्न त्यसरी बोलेको हुनसक्छ ।’ 

आगामी महाधिवेशनसम्म कुनै परम्परागत गुट नरहने बताउँदै आएका रिजाल देउवाले जित्ने भए आफ्नै र नभए अहिले इतर पक्षको खोजी गर्न सक्ने बताउँछन् । 

‘१५ औं महाधिवेशनसम्म पुग्दा अहिलेका परम्परागत गुट रहलान् भन्नेमा संशय छ । सभापतिको शैली जसलाई पनि सघाउन सक्ने देखिन्छ । उहाँको आफ्नै समूहमा रहेको मान्छे पहिलो प्राथमिकतमा हुन सक्छ,’ रिजाल भन्छन्, ‘आफ्नो मान्छेले चुनाव जित्ने परिस्थिति नहुँदा देउवाजीले जसलाई पनि सहयोग गर्न सक्नुहुन्छ । यस्तै सहयोगको अपेक्षाले उहाँलाई खुसी पार्न हरेकको प्रतिस्पर्धा छ ।’

देउवालाई खुसी पार्न सके सभापति जितिने भएकोले आकांक्षीले उनीसँग सद्भावपूर्ण सम्बन्ध राख्न भित्री बैठक गरिरहेको रिजाल बताउँछन् । ‘सार्वजनिक रूपमा पार्टी सभापतिको प्रतिरक्षा नगरे पनि कोठाका बैठकमा उहाँलाई खुसी पार्न हरेकको प्रतिस्पर्धा देखिन्छ । प्रतिस्पर्धा सभापतिसँग विशेष सम्बन्ध राख्ने स्वार्थद्वारा प्रेरित छ,’ रिजालले केही समयअघि लोकान्तरसँग भनेका थिए, ‘जुनसुकै पक्षका हुन्, उहाँको विशेष सहयोग जुटाउन सकें सभापति बन्न सजिलो हुन्छ भनेर लागेको भान हुन्छ । सोही कारण भित्री बैठकमा उहाँसँग सद्भावपूर्ण सम्बन्ध विकसित गर्ने प्रतिस्पर्धामा नेताहरू छन् । कांग्रेसका सबै पक्ष र उप–पक्षसम्मै यस्तो प्रतिस्पर्धा छ ।’

null

संस्थापनमा उपसभापति पूर्णबहादुर खड्का सभापतिका दाबेदार हुन् । तर, देउवापछि समूहका नेता भएकोले उनी स्वतः नेतृत्वको लागि अवसर पाउनुपर्ने गरी ढुक्कले बसेका छन् । तर, देउवाको आशीर्वाद उनलाई मिलिसकेको छैन । 

कांग्रेस नेता शेखर कोइरालानिकट नेता डा. गोविन्दराज पोखरेल कोइरालाहरूमा कहिल्यै उग्र स्वभाव नहुने बताउँछन् । ‘१४ औं महाधिवेशनयता अहिलेसम्म शेखर दाइको व्यवहार र बोलीमा कुनै उतारचढाव आएको छैन । उहाँको बोली परिवर्तन भएको भन्ने लाग्दैन । किनकी कोइरालाहरूमा कुनै कुराले दुःखी भइहाल्ने र कुनैमा उत्साही भइहाल्ने स्वभाव छैन,’ पोखरेलले लोकान्तरसँग भने, ‘शेखर दाइ पदाधिकारी हुनुहुन्न । यसैले सभापतिले बोलाए जानुहुन्छ । नत्र आफैं र भेटघाट र कार्यक्रममा व्यस्त रहँदै आउनुभएको छ । भएका कुरा बोल्नुहुन्छ । हतारमा प्रतिक्रिया नदिइहाल्ने स्वभावलाई मान्छेहरूले फरक हिसाबले व्याख्या गरेका हुन सक्छन् । तर सभापतिलाई खुसी नै पार्नेगरी गतिविधि गरेजस्तो लाग्दैन ।’

आफूलाई चित्त नबुझेको कुरा एकपटक भन्ने तर, नमाने यसैमा लाग्ने र लफडा गर्ने स्वभाव कोइरालाको नभएको पोखरेल बताउँछन् । तर, १४औं महाधिवेशनमा देउवासँगै पराजित हुने र आफ्नै टिमबाट महामन्त्री जितेका गगन थापासँग सम्बन्ध बिग्रिएपछि शेखरले देउवाको विरोधमा हुनेगरी बोलेका छैनन् । केही समय महाधिवेशनमा पाएको ४० प्रतिशत मतका आधारमा पार्टीका नियुक्तिसहित भागबन्डामा शेखरहरूले हिस्सा खोजेका थिए । प्रतिशतका आधारमा भागबन्डा मागेका थिए । तर, पछिल्लो एक/डेढ वर्षयता शेखरले भागबन्डा नदिए पनि देउवासमक्ष असन्तुष्टि नराखेको नेताहरू बताउँछन् । 

‘फरक समूहको नाममा हरेक भागबन्डामा हिस्सा खोज्ने यसअघि देउवादेखिकै अभ्यास हो । शेखर–गगन समूहले पनि केही समय महाधिवेशनमा पाएको मतको प्रतिशतका आधारमा पार्टीमा हिस्सा खोजेको साँचो हो,’ कांग्रेसका ती नेता भन्छन्, ‘तर समूहमा दरार आएर हो कि सभापति देउवासँग अपेक्षा बढेर हो, दुवै पक्षले संस्थापनलाई असहयोगको नीति लिएको देखिएको छैन । सरकारमा मन्त्री पठाउँदा होस् कि पार्टीका विभिन्न नियुक्तिका विषयमा नै किन नहोस् शेखर र गगन दुवैले झमेला झिक्नुभएको छैन ।’ 

शेखर दशैं, तिहार र छठपछि १५औं महाधिवेशनको तयारीका लागि जिल्ला दौडाहामा निस्कने पोखरेल बताउँछन् । देउवाले प्रष्ट बोलेपछि शेखरलाई उनी निकटका नेताले पनि झन् बढी सक्रिय हुन सुझाएका छन् । 

‘१४औं महाधिवेशनमा कोइरालाको दाबेदारी एकचोटी मात्रै हो भनेर शेखरको हल्ला गरियो । तर यो उहाँको नाममा अरूले चलाएको हल्ला हो,’ पोखरेल भन्छन्, ‘उहाँ १५औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीबाट पछाडि हट्नुभएको छैन । अब छठपछि महाधिवेशनको तयारीको लागि जिल्ला दौडाहा शुरू हुन्छ ।’

गगन सबैभन्दा रणनीतिक

पार्टीमा प्रभावशाली महामन्त्री गगन थापा १५औं महाधिवेशनलाई लिएर सबैभन्दा बढी रणनीतिक देखिएका छन् । अघिल्लो एकपटक मात्रै शेखरलाई छोडेको भन्दै गगनले १५औं मा सभापतिमा उठेरै छोड्ने तयारी गरेका छन् । 

भाबी सभापतिको लागि देश र जिल्ला दौहाडा गर्नेमा गगन सबैभन्दा अगाडि छन् । महामन्त्री हुँदाको पार्टी कामको शिलशिलालाई गगनले महाधिवेशनको तयारीका रूपमासमेत प्रयोग गरेका छन् । पार्टीले अभियान चलाउँदा पनि उनी आफैं कार्यक्रम लिएर जिल्ला दौडाहामा निस्किएका छन् । 

null

पार्टीभित्र निक्कै लोकप्रिय, विषय र मुद्दामा स्पष्टता, प्रष्ट अडान र सक्रिय कार्यशैलीजस्ता कारणले गगनलाई महाधिवेशनमा उठ्नबाट रोक्न गाह्रो हुने नेताहरू बताउँछन् । 

‘अरू नेता बोल्नका लागि बोल्छन् तर, गगन सीधा बोल्छन् । उनले अहिले होइन पहिले नै १५औं महाधिवेशनमा सभापति उठ्ने अडान लिएका थिए । यही अनुसारको तयारी र सक्रियता पनि देखाएको देखिन्छ,’ ती नेता भन्छन्, ‘सभापतिमा उठ्ने भएपछि जिम्मेवार नेतालाई चिढ्याउनु हुँदैन बरु विश्वासमा लिनुपर्छ भन्ने मत राख्नु नराम्रो होइन । यो स्वाभाविक हो ।’

केही दिनअगाडि सहकारी ठगी प्रकरणमा गगनले लिएको अडान पुष्टि भएको भन्दै देउवाले उनको प्रशंशा नै गरेका थिए । ‘सहकारीसम्बन्धी कुरा हम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर,’ देउवाले भनेका थिए, ‘रवि लामिछानेजी त कस्तो मान्छे हुनु हुँदोरहेछ भने, चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।’

देउवाले मात्रै होइन गगनले समेत एमालेसँग भएको समझदारीअनुसार ओलीपछि देउवा नै प्रधानमन्त्री बन्ने बताएका थिए । गगनको यो अभिव्यक्तिलाई समेत अर्थपूर्ण मानिन्छ । 

‘केही समय अगाडिसम्म अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने बहस कांग्रेसमा थियो,’ कांग्रेसका एक नेता भन्छन्, ‘तर अहिले कांग्रेसमा देउवा नै प्रधानमन्त्री भनेर गगनले पनि भनेका छन् । शेखरले पनि अर्लि महाधिवेशनको नारा छोडेका छन् । यो भनेको राजनीतिक जीवनको उत्तरार्द्धतिर पुगेका नेतालाई नबिच्क्याइनकन आफ्नो लागि आधार तयार  गरौं भन्ने हो ।’ अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेताको साथ गगनलाई हुने देखिएको छ ।

शशांकको बेग्लै तयारी 

१३औं र १४औं महाधिवेशनमा देउवालाई सभापति जिताउन भूमिका खेलेका विपीपुत्र शशांक देउवाको आशीर्वाद पर्खिरहेका प्रमुख पात्र हुन् । १३औं मा रामचन्द्र पौडेल र १४औं मा डा. शेखर कोइराला सभापतिमा देउवाविरुद्ध भिड्दा शशांक चुपचाप बसेका थिए । अर्थात् आफ्नो समूहलाई समर्थन नगरी उनले भित्री रूपमा देउवालाई सहयोग गरेको नेताहरू बताउँछन् । 

यसैले कांग्रेसमा सबैले आदर्श मान्ने विपीको छोरासमेत हुँदाका फाइदा उठाउँदै शशांकले देउवाको आशीर्वाद पाउने आँकलन गरेका छन् । अरू नेताले सहयोग र असन्तुष्टि जनाउँदा पनि शशांक सधैं सभापति प्रणालीमा सहयोग गर्नुपर्छ भन्दै गुटबन्दीभन्दा माथि उठ्नुपर्ने मत राख्दै आएका छन् । यही आधारमा देउवाले अन्ततः आफूलाई कांग्रेसको कमाण्ड सुम्पने आशा गरेर बसेका छन् ।

केही दिनअगाडि मात्रै शशांकले आफ्नै निवासमा प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग भेट गर्दै १५औं महाधिवेशनको तयारीमा अगाडि बढेको सन्देश दिइसकेका छन् । १५ औं महाधिवेशनमा देउवासँगै सभापतिमा उठेका सिंह र निधि अब नउठ्ने आँकलन गर्दै शशांकले सभापतिको तयारीलाई अगाडि बढाएको उनी निकट स्रोत बताउँछ ।

salt training

कमेन्ट गर्नुहोस्