०९ साउन २०८३, शनिबार

अमेरिकाको राष्ट्रपति कार्यालयमा शंकास्पद गतिविधि

कात्तिक २०, २०७४
अमेरिकाको राष्ट्रपति कार्यालयमा शंकास्पद गतिविधि
वासिङटन, १७ कात्तिक - अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा शुक्रबार विहान शंकास्पद गतिविधि देखिएपछि कार्यालयको उत्तरी क्षेत्र बन्द गरिएको छ ।The-White-House
“ह्वाईट हाउसको उत्तरी भागमा बन्द गरिएको छ भने शंकास्पद गतिविधिका बारेमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेका छन्,” गुप्तचर निकायले भनेको छ ।

गुप्तचर निकायको आधिकारीक ट्विटरमा शंका लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि जनाइएको छ ।

ह्वाईट हाउसको उत्तरी भागमा रहेका पत्रकारहरुलाई पहिले नै कुनै स्पष्ट कारण विना त्यहाँबाट हट्न भनिएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई र एसियाको भ्रमणका लागि राष्ट्रपति कार्यालय छाडे लगत्तै यस्तो घटना भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्