२९ जेठ २०८३, शुक्रबार
बाढी र पहिरोले छिया-छिया टीकाभैरव

टीकाभैरव क्षेत्रको भयावह चित्र: बगर बन्यो बस्ती, ४ दिनदेखि न बिजुली, न पानी [ग्राउन्ड जिरो]

असोज १४, २०८१
काठमाडौं
टीकाभैरव क्षेत्रको भयावह चित्र: बगर बन्यो बस्ती, ४ दिनदेखि न बिजुली, न पानी [ग्राउन्ड जिरो]

काठमाडौंबाट जम्मा १० किलोमिटर दूरीमा रहेको गोदावरी नगरपालिका वडा नम्बर ६ र ९ चार दिनदेखि सम्पर्कविहीन छ । बिहीवार साँझदेखि शनिबारसम्मको अविरल वर्षाका कारण उर्लेको नल्लु खोलाले टीकाभैरव मन्दिरसहित दर्जनौं घर बगायो ।

तारन्तारको पहिरोले सुविधासम्पन्न आनन्दवन अस्पतालसहित सयौं नागरिकको उठीबास लगाएको छ ।

nullशुक्रबारदेखि दुवै वडामा बिजुली, पानी र मोबाइल नेटवर्क छैन । बाढी र पहिरोमा परी ७ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । लोकान्तरकर्मी वडा नम्बर १२ स्थित आनन्दवन अस्पताल पुग्दा त्यहाँ नेपाली सेना र अन्य उद्धारकर्मीले ३ दिनअघि पुरिएका व्यक्तिको शव निकाल्न प्रयास गर्दै थिए ।

null

सोही अस्पतालका ल्याब इन्चार्ज विवेक सिंहलाई उनकै क्वार्टरमा पहिरोले पुरेको रहेछ ।

बाँकी कर्मचारी र बिरामी समयमै सुरक्षित स्थानमा पुग्दा सिंह भने निस्किन भ्याएनन् । अवस्था यति दयनीय छ कि तीन दिनसम्मको प्रयासमा पनि उनको शव निकाल्न सकिएको छैन ।

मोबाइल नेटवर्क नहुँदा त्यहाँका स्थानीयहरू एक आपसमा सम्पर्क गर्न सकिरहेका छैनन् । टीकाभैरव क्षेत्रको वास्तविक स्थिति सिंहदरबारसम्म पुग्न सकेको छैन । मृतकको संख्या अझै यकिन छैन ।

'मोबाइलमा टावर छैन । कहीँ कतै कम्युनिकेसन हुन पाएको छैन । यहाँ अनुमानको भरमा उद्धार चलिरहेको छ । न कसैले कोही हरायो भन्न पाएको छ, न त म सकुशल छु भनेर आफन्तलाई फोन गर्न पाएको छ,' स्थानीय सुरज थापाले भने ।

फिल्ड रिपोर्टिङका क्रममा लोकान्तर टीम पुग्दा गोदावरीका लगभग सबै डाँडा पहिरोले राताम्ये देखिए ।

null

स्थानीयहरू सरकारप्रति रोष प्रकट गरिरहेका भेटिए भने बाढीपहिरोका कारण घर न घाट भएकाहरू आफन्त या साथीभाइको घरमा आश्रय लिइरहेका थिए ।

पहिरोले आफ्नो घर र पशुचौपाया बगाएर लगेपछि निराश छन्, मदन नगरकोटी ।

'दशैं नजिक आइसक्यो । पहिरोले आफू र परिवार त जेनतेन बाँचियो, तर बाँकी केही छाडेन । यही लगाएको लुगा छ । खोरमा रहेका कुखुरा सबै मरे । बाख्रा थिए, तिनलाई पनि पहिरोले लग्यो । के खाने, के लाउने टुंगो छैन,' नगरकोटीले आँसु झार्दै भने ।

वडा नम्बर ९ लाई टीकाभैरवसँग जोड्ने बाटो सोमबार अपराह्न बल्ल-बल्ल खुलाइएको छ । क्षतिको विवरण अझै यकिन हुन सकेको छैन ।

हेर्नुहोस्,भिडियो रिपोर्ट :

salt training

कमेन्ट गर्नुहोस्