२६ असार २०८३, शुक्रबार

भारतीय राजदूतको किन गरे चित्रबहादुरले आलोचना ?

कात्तिक २०, २०७४
भारतीय राजदूतको किन गरे चित्रबहादुरले आलोचना ?
काठमाडौँ, १८ कात्तिक-  राष्ट्रिय जनमोर्चा नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा भारतीय सुरक्षाकर्मी अत्याधुनिक हातहतियारसहित मुलुक प्रवेश गर्नु आपत्तिजनक भएको जनाएको छ ।
chitra-bdr-kc
गत बुधबार दुई भारतीय सुरक्षाकर्मीलाई अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने प्रशस्त गोलीसहित नेपाल प्रहरीले पक्राउ गरेको प्रसंग जोड्दै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजधानीमै भारतीय सुरक्षाकर्मीको उपस्थिति नै गम्भीर षड्यन्त्र भएको बताएका छन् ।

पार्टीले नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरी प्रदेश नं २ का विभिन्न जिल्लाको भ्रमणमा रहेको जनाउँदै सरकारले सो विषयमा जानकारी लिन आग्रह गरेको छ । निर्वाचनका समयमा सुरक्षाको स्थिति मजबुत पार्न र राजदूत पुरीको तराईको भ्रमण रोक्नसमेत आग्रह गरिएको राजमोले आज प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्