३० जेठ २०८३, शनिबार

कस्तो छ बीपी राजमार्गको विकल्प ठानिएको थानकोट–चित्लाङ सडक ? (ड्रोन भिडियोसहित)

असोज २०, २०८१
काठमाडौं

काठमाडौंलाई हेटौंडासँग जोड्ने थानकोट–चित्लाङ (गणेशमान मार्ग) सडकमा सवारी साधनको भीड बढेको छ । पूर्वी नेपाल जोड्ने बीपी राजमार्ग बाढीपहिरोका कारण बन्द भएपछि पूर्वी नेपाल र मधेश प्रदेशमा जाने साना सवारी साधनले यो बाटो रोजेका छन् । 

बाढीपहिरोले बीपी राजमार्ग, कान्ति लोकपथ र हेटौंडा–भीमफेदी–कुलेखानी फाखेल–फर्पिङ, कुलेखानी–सिस्नेरी दक्षिणकालीको सडक ठाउँ–ठाउँमा अवरुद्ध भएपछि थानकोट–चित्लाङ सडकखण्डमा सवारी चाप बढेको हो ।

सो सडक भएर यात्रा गर्ने चालकहरूले बाटो अप्ठ्यारो रहेकाले सावधानीसाथ यात्रा गर्नुपर्ने बताए ।

चालक सुदीप बिकले बाटो अप्ठ्यारो भएकाले सावधानी अपनाएर हिँड्नुपर्ने बताए । बीपी राजमार्ग भएर हिँड्ने गरेकोमा सो राजमार्ग अवरुद्ध भएपछि आफूले चित्लाङ सडक रोजेको बताए । 

अर्का चालक रवीन्द्र बस्नेतले बाटोमा सुख्खा पहिरो झर्ने भएकाले सावधानी साथ हिँड्नुपर्ने बताए ।

अहिले यो सडक भएर बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी र धनुषा जाने विद्युतीय माइक्रो बस समेत सञ्चालन भइरहेका छन् । 

हेर्नुहोस्, भिडियो स्टोरी :

salt training

कमेन्ट गर्नुहोस्